महेन्द्रनगर - बाजुरामा माटोको ढिस्कोले पुरिएर आज बिहान दुई बालिकाको मृत्यु भएको छ। बाजुराको जयबागेश्वरी गाविस–१ पिपलगाँउमा माटोको ढिस्कोले पुरिएर ११ वर्षीया शुक बुढा तथा ८ वर्षीया प्रमिला धामीको मृत्यु भएको हो। बिहान आठ बजेतिर भएको उक्त घट्नामा दुवै जनाको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
दुवै जना घर पोत्नका लागि माटो लिनगएका थिए। माटो खन्ने क्रममा माटोको ढिस्कोले दुवै जना पुरिएका हुन्।स्थानीय भरत कुँवरका अनुसार मृतक बुढा कुर्पेकोट निम्न माद्यामिक विद्यालयमा
कक्षा ५ मा तथा धामी कक्षा ३ मा अध्यनरत थिए। 'खबर पाएपछि प्रहरी टोली घट्नास्थल पठाएको छु,' बाजुराका प्रहरी नायव उपरीक्षक जनकराज पाण्डेयले भने, 'प्रहरी टोलीसित सम्पर्क नहुँदा विस्तृत जानकारी पाउन सकेका छैनौं।' खवर सुन्ने वित्तिक्कै जिल्लाको दोगडी प्रहरी चौकीवाट सुरक्षाकर्मी घट्नास्थलतर्फ लागेको डिएसपी पाण्डेयले बताए। उक्त प्रहरी चौकीवाट घट्नास्थल पुग्न पाँच घण्टा पैदल हिँड्नु पर्छ ।