दाङ — प्युठानको स्वर्गद्धारीबाट तिर्थालु लिएर फर्किदै गरेको बस पल्टिदा दाङमा आइतवार एकजनाको मृत्यु भएको छ भने २० बढी घाइते भएका छन्। तिर्थालु लिएर दाङको हापुर फर्कदै गरेको बस घोराही १ सर्रामा आईतवार दिउँसो पल्टिएको हो। दुर्घटनामा परि हापुर ७ का 'गोठे'भनिने एक युवकको मृत्यु भएको छ। उनको वास्तविक नाम वतन खुलिनसकेको प्रहरीले जनाएको छ।
तीव्र गतिमा रहेको बस अनियन्त्रित भइ सानो घुम्तिमा पल्टिएको हो। दुर्घटनामा परी घाइते भएकाहरुको जिल्लाको घोराहीस्थित राप्ति उपक्षेत्रिय अस्पतालमा उपचार भैरहेको छ। उक्त बसमा स्वर्गद्वारी दर्शनका लागि गएका हापुर ७ गणेशपुरका बासिन्दा थिए।