सल्यान, - सल्यान र रुकुमको सिमावर्ती खौला क्षेत्रअन्तर्गत दयाडाँडाका एक दर्जन परिवार पहिरोका कारण जोखिममा परेका छन्। पहिरो नियन्त्रणका बारेमा सम्बन्धित निकायले चासो नदिँदा पानी परेमा जुन बेला पनि गाउँ बगाउने डरले स्थानीयवासी त्रसित बनेका हुन्। पहिरोको जोखिममा पर्दा गाउँ छोड्नुपर्ने अवस्था भएपनि आर्थिक अभावका कारण बाहिर जान नसक्दा आफूहरू जोखिमै मोलेर बस्न बाध्य भएको स्थानीय कर्णबहादुर वलीले बताए ।गत वर्ष वर्षातको समयमा चारैतिरबाट गएको र एक हप्ताअघिको वर्षाका कारण पहिरो थपिएपछि गाउलेहरू सङ्कटमा परेका छन्। पहिरोका कारण स्थानीय कर्णबहादुर वली, जयराम वली, प्रेम वलीलगायतका परिवार चिन्तित बनेका छन्।
पहिरो बढ्दै जाँदा उनीहरू राति सुत्दा पालो कुर्न बाध्य भएका छन्। त्रसित गाउलेले बस्ती सार्न सम्बन्धित निकायसमक्ष आग्रह गरेका छन्।
'आर्थिक अवस्था कमजोर हुँदा घर छाडन सकेका छैनौ। बस्ती नजिकै पाच–छ ठाउमा पहिरो जादा सम्बन्धित निकाय समक्ष पुगेर तारजाली मागेका थियौ। कसैले चासो देखाएनन।' पीडितले भने।