भद्रपुर - नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले श्रमिकहरूको हक हित र अधिकारका लागि मुलुकमा समाजवाद ल्याउनुपर्नेमा जोड दिएका छन् । एकसय बिसौँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) द्वारा आज यहाँ आयोजित कार्यक्रममा अध्यक्ष खनालले छिमेकी राष्ट्र चीनमा समाजवादी नीति अवलम्वन गरेपछि अहिले विश्वमा चीन आर्थिक विकासमा धेरै अघि बढिसकेको उल्लेख गरे ।उनले मजदुरहरूको गाँस, बास र कपासको समस्या समाधान गर्न एकजुट भई सङ्गठित हुनुपर्ने, पुँजीवादी तथा तानाशाही प्रवृत्ति हटाएर एमालेको शान्तिपूर्ण बाटोलाई अवलम्वन गरेर समाजवादी नीतिलाई सहयोग गर्नुपर्ने बताए ।
अध्यक्ष खनालले विगतका समयमा भएका निरङ्कुश र तानाशाही राजतन्त्रलाई निमूल गरेर ०६२ सालको जनआन्दोलनले लोकतन्त्र, महिला पुरुषबीचको समानता, छुवाछुतको अन्त्य तथा धार्मिक स्वतन्त्रता दिएर परिवर्तन ल्याउन खोजेपनि माओवादी उग्र बामपन्थी हुनाले नयाँ संविधान निर्माण गरी संस्थागत गर्न नसकिएको धारणा व्यक्त गरे ।
उनले आगामी संविधानसभा निर्वाचनमा श्रमिकहरूले पनि आफ्नो श्रम ऐन तर्जुमा गराउन र संविधान निर्माणका लागि सहयोग गर्न आग्रह गरे ।
कार्यक्रममा पेसागत महासङ्घका उपाध्यक्ष प्रेमकुमार खनालले श्रमिकहरूको शक्ति परिवर्तन गर्न पेसागत हक हित र अधिकारका लागि एकताबद्ध र समावेसी पहल हुनुपर्ने बताए ।
नेपाल ट्रेड युनियन महासङ्घ जिफन्टका महासचिव उमेश उपाध्यायले श्रमिकले श्रमअनुसारको उचित ज्याला र सुविधा पाउनुपर्ने माग गरे ।
'परिवर्तन श्रम शक्तिको विकासबाट' भन्ने मूल नाराका साथ सुरु भएको उक्त श्रमिक दिवसमा जननिर्वाचित सबै स्थानबाट श्रमिक वर्गको १० प्रतिशत व्यवस्था गर भन्ने सामूहिक माग गरिएको थियो। रासस