प्रदेश नं. १ का पाँच जिल्लामा बुधबार १४ स्थानमा भएका दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ। दुर्घटनामा २० जना घाइते भएका छन् । प्रदेश नं. १ ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार पूर्व पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको रामधुनीमा बसले ठक्कर दिँदा एक जना पैदलयात्री महिलाको मृत्यु भएको छ।
राति आठ बजेतिर काकडभिट्टाबाट विरगञ्जका लागि हिडेको ना ५ ख ५२३६ नम्बरको बसले ठक्कर दिँदा पहिचान हुन नसकेकी एक जना पैदलयात्री महिलाको मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको हो । स्थानीयका अनुसार मृतक महिला मागेर गुजारा टादै आएपनि पहिचान भने खुलेको छैन् । प्रहरीले बलचालक सर्लाही हरिवन वडा नं. १० का सोमप्रसाद न्यौपानेलाई नियन्त्रणमा लिएको छ।
प्रदेश नं. १ का जिल्लाा एकैदिन भएका दुर्घटनामा परि झापामा तीन, सुनसरीमा पाँच, इलाममा सात र मोरङ तथा उदयपुरमा चार(चार जना घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनायो ।