काभ्रे- करिब १५ वर्षदेखि यहाँको होक्से गाउँका बासिन्दाको मृगौला बेच्ने गिरोहलाई काभ्रे प्रहरीले आज सार्वजनिक गरेको छ। अवैध मानव अङ्ग बेचबिचखनको आरोपमा प्रहरीले पहिलो पटक यहाँ कारबाही गरेको हो।
मुख्य योजनाकारदेखि सहयोगीसम्मलाई प्रहरीले विभिन्न मितिमा पक्रे पनि आज सार्वजनिक गरेको हो।
अवैध रुपमा मृगौला बेच्नेहरुको बिगबिगी बढे पनि कुनै कारबाही गर्न नसकेको भन्दै आलोचना बढेपछि सई दीपेन्द्र चन्दको नेतृत्वमा अनुसन्धान टोली गठन गरिएको थियो। टोलीले हिजो विनोद ढकाल र राजन दर्जीलाई पक्राउ गरेपछि आज गिरोह पक्राउ परेको खुलासा गरेको हो।
पक्राउ परेका अन्यमा प्रेमबहादुर बजगाइँ, मनोज राउत, मिना दर्जी, कृष्णबहादुर दर्जी, सचिन महर्जन, सानुलाल महर्जन, कुमार अधिकारी र सुमन श्रेष्ठ रहेका छन्। प्रेम र मनोज पुर्पक्षका लागि थुनामा पुगिसकेका छन् भने मनोज ३५ हजार धरौटीमा छुटिसकेका छन्।
अनुसन्धान स्रोतका अनुसार उनीहरुले करिब १५ वर्षदेखि होक्सेका वासिन्दालाई फकाउँदै मृगौला बिरामीसँग महँगो मोलमोलाई गरेर नक्कली नातेदार बनाएर भारतमा लगेर बेच्ने गरेका थिए। होक्सेका करिब सय जना बासिन्दाको मृगौला बिक्री भइसकेको छ।
मृगौला किन्नेसँग १५ लाखसम्म लिएको अनुसन्धानमा देखिएको छ, अनुसन्धान स्रोत भन्छ, तर उनीहरुले मृगौला बेच्नेलाई भने अधिकतम डेढ लाखमात्र दिएको भेटिएको छ। नत्र अधिकांशलाई ५०/६० हजार मात्रै दिएका छन्।
अनुसन्धानमा गिरोहका अधिकांश सदस्य आफैले पनि मृगौला बेचिसकेको देखिएको छ। 'उनीहरु आफै बिरामी, मृगौला फेरिसकेको र प्रक्रिया थाहा भएपछि आफू पनि व्यापारमा लागेको देखिएको छ', स्रोत भन्छ।