धरान — पत्थरीको अप्रेशनपछि उपचारको क्रममा विरामीको मृत्यु भएको घटनामा छानबीन समिति गठन गरिएपछि विवादित चिकित्सकको पक्ष लिएर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले आकस्मिक सेवाबाहेक सम्पूर्ण उपचार सेवा ठप्प पारेका छन्। पूर्व सूचनाबिना चिकित्सा तथा दन्त चिकित्साशास्त्र शिक्षक कल्याण समाजले आज बिहानदेखि उपचार सेवा ठप्प पारेका छन्।
चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि ओपिडी सेवामा उपचार गर्न टाढा टाढाबाट आएका सयौं विरामीहरु अलपत्र परेका छन्। आन्दोलित चिकित्सकहरुले बिहान नियमितरुपमा जाने अन्तरंग सेवामा पनि गएनन्। सर्वसाधारणहरुले ओपिडी सेवाको पूर्जीसमेत लिन नपाएपछि आक्रोशित बनेका छन्।
लापरवाहीपूर्ण उपचार गरेको भन्दै धरान ११ सिर्जना मार्गकी मनमाया तामाङका आफन्तजनहरुले आइतबार सर्जरी विभागका प्रमुख डा. सि.एस.अग्रवालको कार्यकक्षमा ताला लगाएका थिए। सोही बिषयमा सत्यतथ्य पत्ता लगाउन प्रतिष्ठान बाहिरका युरोलोजिष्ट संयोजक रहने गरि ५ सदस्यीय छानवीन समिति गठन गरिएपछि ताला खुलेको थियो। सघन उपचार कक्षमा उपचाररत विरामी मनमायाको मंगलबार राती करिब आठ बजे मृत्यु भएको प्रतिष्ठानले घोषणा गरेको थियो।
आन्दोलनमा उत्रिएको समाजले एक विज्ञप्ति जारी गर्दै सर्जरी विभागका प्रमुखको कार्यकक्षमा ताला लगाउन संलग्नहरुलाई कारबाहीको माग गरेको छ। विवादित चिकित्सक अग्रवाल समाजका अध्यक्ष पनि हुन्। गत साता वैशाख २२ गते अप्रेशनको क्रममा पिसाब नली हुदै पिसाब थैलीमा लगाइनुपर्ने पाइप गलत ठाउँमा राखिएपछि मनमायालाई थप अनावश्यक शल्यक्रिया गर्नुपरेको थियो। पिसाब थैलीमा पुर्याइनुपर्ने पाइपले बीचमा छेडिएपछि पिसाब पेटभित्रै चुहिएर विरामीको पेट फुलेपछि थप २ पटक अप्रेशन गर्नुपरेको थियो। एकै दिन २ पटक अप्रेशन गरिएकी मनमायालाई शनिबार बिहान इक्जेक्सन लगाएपछि एक्कासी बेहोस भएकी थिइन्। त्यसलगत्तै उनलाई आइसियु (सघन उपचार कक्ष) पुर्याइए पनि स्वास्थ्यमा सुधार हुन सकेन।
समाजले उपचार सेवा ठप्प पारेपछि हाल प्रतिष्ठान पदाधिकारीहरु समस्या सुल्झाउन चिकित्सकहरुसँग वार्ता गरिरहेका छन्। वार्तामा सहभागी एक चिकित्सकका अनुसार प्रतिष्ठानका उपकुलपति प्रा.डा.बीपी दासले छानबीन समिति गठन गर्नुको कारण र परिस्थितिबारे प्रष्ट्याएका थिए भने आन्दोलित चिकित्सकहरुले सर्जरी विभागमा ताला लगाएको घटनासँगै छानबीन समिति गठनको औचित्यमाथि प्रश्न उठाइरहेका छन्। 'अस्पताल भित्र बाहिरका मान्छे आएर तालाबन्दी गर्छ तर प्रशासन केही गर्दैन भन्ने कुरा जोडले उठिरहेको छ'–ती चिकित्सकले भने–'उपचारको क्रममा विरामीको मृत्यु भएपछि छानबीन समिति गठन गरेर डाक्टरलाई कारबाही गर्नु न्यायोचित हुदैन भन्ने कुरा उठिरहेको छ।'
मंगलबार प्रतिष्ठान बाहिरका एक जना युरोलोजिष्ट संयोजक रहने गरि पाँच सदस्यीय समिति गठन गर्ने विरामीका आफन्तजन र प्रतिष्ठान पदाधिकारीबीच सहमति भएको थियो। छानबीन समिति गठन भएपछि विरामीका आफन्तजनले प्रतिष्ठानको सर्जरी विभागमा लगाएको ताला पनि खोलिदिएका थिए। संयोजकमा को युरोलोजिष्ट रहने भनेर टुंगो नलागेपनि समिति सदस्यमा विरामीका तर्फबाट पत्रकार जनकऋर्षि राई, नागरिक समाजकातर्फबाट राजेन्द्र शर्मा, प्रतिष्ठानका एनेस्थेसिया विभागका प्रमुख प्रा.डा.बालकृष्ण भटराई र मेट्रोन रमानन्द चौधरी सदस्य रहने सहमति भएको थियो। यसअघि, सोमबार प्रतिष्ठानले पत्रकार सम्मेलन गर्दै विरामीलाई थप दुई पटक अप्रेशन गर्नुपरेकोले संक्रमण नहोस् भनेर लगाइएको सिफिपाइम नामक एन्टिबायोटिक सुई दिदा 'एनाफिल्याटिक सक' भएकोले बेहोस भएको प्रष्टिकरण दिएको थियो।