बदलिँदै लोकसेवा
०३ जेष्ठ २०७०
•
५ मिनेट पाठ
बदलिँदै लोकसेवा
काठमाडौं -पुरानै पाठ्यक्रम र परीक्षा पद्धतिबाटै निजामती सेवामा योग्य उम्मेदवार छनोट गर्दै आएको लोकसेवा आयोग छ दशकपछि काँचुली फेर्दैछ। मुलुकको सबैभन्दा पुरानो संवैधानिक निकायलाई प्रविधिमैत्री बनाउन लागिएको हो।आयोगले निजामती सेवाका विभिन्न पदका लागि लिने लिखित परीक्षाको पाठ्यसामग्री परिमार्जन गरेको छ। चालु आर्थिक वर्षदेखि प्राविधिक पदको वस्तुगत उत्तरपुस्तिका मेसिनबाट परीक्षण गर्ने व्यवस्था मिलाइएको आयोग सहसचिव केदार पौडेलले जानकारी दिए। उनी भन्छन्, ‘अनलाइन र एसएमएस सेवा पनि उपलब्ध गराउने तयारी छ।' अनलाइनबाट दरखास्त दिने तरिका व्यवस्थित र सहज गराउने उनको दाबी छ।
कार्यकारी निकायबाट टाढै रहने र वैदेशिक सहायताका लागि दातासँग सम्बन्धको पहल गर्न नरुचाउने आयोग प्रविधिमैत्री हुन तयार देखिएको छ। प्रविधिमैत्री हुन आयोगलाई एसियाली विकास बैंकले सघाउँदैछ। बैंकले उत्तरपुस्तिका परीक्षण गर्न दुईवटा मेसिन (अप्टिकल मार्क रिडर–ओएमआर) दिँदैछ। बेलायती सहयोग संस्था डिएफआइडीले पनि ६ महिनाभित्रमा पाँचवटा ओएमआर मेसिन दिने प्रतिबद्धता जनाएको सहसचिव पौडल बताउँछन्। उनका अनुसार ती मेसिन आयोगका क्षेत्रीय कार्यालयमा राखिनेछ।
आयोगले  विभिन्न १० वटा सेवा समूहमा परीक्षा सञ्चालन गर्छ। सरकारी सेवाका विभिन्न पदमा दरखास्त दिँदा लामो समय उभिनुपर्ने बाध्यता छ। दरखास्त बुझाउन आयोग कार्यालय वा हुलाकसम्म पुग्न नपाएर पनि कतिपय दुरदराजका नागरिक सरकारी जागिर खाने अवसरबाट बञ्चित छन्।
पौडेल थप्छन्, ‘परीक्षाको नतिजा थाहा पाउन पनि आयोगको वेबसाइट, बुलेटिन र गोरखापत्रमा मात्र भर पर्न नपर्ने व्यवस्था गर्दैछौं।' त्यसका लागि एसएमएस सेवा उपलब्ध गराउने योजना रहेको उनले बताए। एसियाली विकास बैंकको परियोजना अन्तर्गत आयोगलाई प्रविधियुक्त बनाउने काम तीन महिनाअघि सुरु भएको हो। यो १५ महिने परियोजना हो।
प्राविधिक पदमा लिइने यस वर्षको नायब सुब्बा र खरिदारको उत्तरपुस्तिका मेसिनबाटै परीक्षण गरिने आयोगका सहसचिव पौडेलले बताए। यसले परीक्षणको विश्वसनीयता पनि बढाउनुका साथै नतिजा प्रकाशन पनि चाँडै हुने अधिकारीहरुको भनाइ छ।
निजामती सेवाअन्तर्गत विभिन्न समूहका पाठ्यक्रम पनि समयसुहाउँदो किसिमले परिमार्जन भइरहेको पौडेलले बताए। आयोगले खरिदार र नायब सुब्बामा एकीकृत परीक्षा प्रणाली गरिसकेको छ। त्यस्तै, राजपत्रांकिततर्फ अप्राविधिक (न्याय, परराष्ट्र, प्रशासन, लेखापरीक्षण र संसद सेवा) शाखा अधिकृतको पाठ्यक्रम यसै वर्षदेखि परिवर्तन भएको छ। आव २०७०/०७१ देखि अधिकृतको परीक्षामा पनि एकीकृत प्रणाली लागु हुनेछ। एकीकृत प्रणाली लागु भएपछि सबै सेवा समूहको पाठ्यक्रम एउटै हुनेछ।  
आयोगका पूर्व सचिव श्यामप्रसाद मैनाली आयोगले लिने परीक्षामा दुर्गम क्षेत्र र सिमान्तकृतको सहभागिता अपेक्षाकृत नबढेको उल्लेख गर्दै उनी थप्छन्, ‘परीक्षामा सुगमका टाठाबाठाको मात्र बाहुल्य रहने गरेको छ।' आर्थिक वर्ष २०६८/०६९ मा  निजामती सेवाका रिक्त ३ हजार ५ सय ९२ पदका लागि  २ लाख ७१ हजार ५ सय ७७ जनाले दरखास्त भरेको आयोगले जनाएको छ। कूल दरखास्तमा महिला आवेदक हिस्सा ४२ प्रतिशत छ।
निजामती सेवाका लागि नीति तथा कानुनसम्बन्धमा सरकारलाई परामर्श दिने आयोगले सरकारी सहयोग भने अपेक्षाकृत पाउन नसकेको यसका अधिकारी बताउँछन्। 'आयोगले परामर्शदाताको भूमिका निर्वाह गर्ने हो,' आयोगका एकजना पूर्व अध्यक्ष भन्छन्, ‘परामर्शका लागि अनुरोध गर्ने सरकार त्यसको कदर गर्न संवेदनशील देखिएको छैन। सरकारी सहयोग नहुँदा आयोग खुम्चिन बाध्य छ।'
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस