अझै आधा गर्भपतन असुरक्षित
०५ जेष्ठ २०७०
•
९ मिनेट पाठ
अझै आधा गर्भपतन असुरक्षित
काठमाडौं - गर्भपतन गराउने शुल्क तिर्न नसकेर अनिच्छित छैठौं गर्भको सन्तान जन्माउन बाध्य सुदूरपश्चिमको विपन्न परिवारको बाध्यतामा आधारित भएर सुरू भएको कानुनी लडाइँ जितेको आज (सोमबार) चार वर्ष पूरा भयो। तर, उक्त फैसलाबारे सरोकारवाला मन्त्रालयकै अधिकारी अनविज्ञ छन् एकातिर भने अर्कोतिर असुरक्षित गर्भपतन दर यथावत छ।सरकारले सुरक्षित गर्भपतन सेवाको पहुँच विस्तारमा ठोस काम नगर्दा यस्तो भएको हो। पैसाको अभावमा अनिच्छित गर्भलाई निरन्तरता दिन बाध्य सुदुरपश्चिमको रस्मी धिक्ता (नाम परिवर्तन) दम्पतीको समस्यालाई लिएर परेको रिटमा सर्वोच्चले २०६६ जेठ ६ गते सरकारलाई सेवा विस्तार गर्न आदेश दिएको थियो। तर, सरकराले फैसला कार्यान्वनतर्फ ठोस काम गरेन। 
डढेल्धुराको धिक्ता दम्पतीले सुरक्षित गर्भपतन सेवा लिन नपाउँदा अनिच्छित गर्भलाई निरन्तरता दिनुपरेको भन्दै २०६३ मा सर्वोच्चमा रिट हालेको थियो। सुरक्षित गर्भपतन गराउन डढेल्धुरा जिल्ला अस्पताल पुगेका उनीहरु तोकिएको शुल्क १ हजार १ सय ३० रुपैयाँ तिर्न नसकेपछि अनिच्छित गर्भलाई निरन्तरता दिन बाध्य भएका थिए। 
धिक्ता दम्पतीको बाध्यता सार्वजनिक भएपछि केही सामाजिक संघ–संस्थाको पहलमा सरकारविरूद्ध सर्वोच्चमा रिट परेको थियो। रिट परेको तीन वर्षपछि ०६६ जेठ ६ गते सर्वोच्चले सुरक्षित गर्भपतन सेवा सर्वसुलभ र पहुँचयोग्य बनाउन तथा छुट्टै कानुन निर्माण गर्न सरकारलाई आदेश दियो। धिक्ताको जस्तै केसमा क्षतिपूर्तिसमेत दिनुपर्ने गरी सर्वोच्चले नजिर स्थापित गरेको कानुन व्यवसायी बताउँछन्। 
सरकारी तथ्यांकअनुसार प्रत्येक वर्ष गर्भधारण गर्ने ८ लाख महिलामध्ये ३० प्रतिशतमा 'अनिच्छित गर्भ' रहन्छ। यस आधारमा वर्षेनी झन्डै २ लाख ४५ हजारलाई सुरक्षित गर्भपतन सेवा आवश्यक पर्ने स्वास्थ्य मन्त्रालय परिवार स्वास्थ्य महाशाखाको भनाइ छ। गत आवमा सूचीकृत संस्थाबाट करिब ८८ हजारले मात्र सेवा लिएको सरकारी तथ्यांक छ। अघिल्लो वर्षको तुलनामा यो संख्या झन्डै ७ हजारले कम हो। 
प्रजनन स्वास्थ्यका क्षेत्रमा अन्तर्राष्ट्रिय रूपमै चर्चित फैसला आएको चार वर्ष बितिसक्दा पनि गर्भपतन सेवाको पहुँच बढाउन र नयाँ कानुन निर्माणतर्फ ठोस काम हुन नसकेको अधिकारी बताउँछन्। रिटमा विपक्षी बनाइएका प्रधानमन्त्री कार्यालयदेखि परिवार स्वास्थ्य महाशाखासम्मका आठ विपक्षीले आदेशअनुरुपको प्रबन्ध मिलाउनेतर्फ ठोस काम गरेका छैनन्। 
स्वास्थ्य मन्त्रालय कानुन शाखाका उपसचिव कोमल आचार्यले मन्त्रालयले फैसलाको प्रतिलिपिसमेत देख्न नपाएको बताए। 'यो क्षेत्रमा हामीले केही गर्नुपर्थ्यो, यस्तो फैसला छ रे भन्ने त सुनेको हो तर मैले देख्न पाएको छैन,' आचार्यले भने। 
छुट्टै कानुन नबन्दा कानुनी मान्यता पाएको र संविधानले मौलिक अधिकार मानेको गर्भपतन मुलुकी ऐनमा ज्यानसम्बन्धी महलमा छ। विज्ञहरुले अन्तर्राष्ट्रिय रुपमै प्रजनन अधिकार परिभाषित गर्ने 'ल्यान्डमार्क' मानेको फैसलाअनुसार काम हुन नसकेको टिप्पणी गरेका छन्। 
सर्वोच्चले फैसलामा गर्भपतन व्यक्तिगत अधिकारको रुपमा स्थापित भइसकेको, अन्तरिम संविधानले प्रजनन अधिकारलाई मौलिक हक मानेको र नेपालमा कानुनी मान्यता पनि पाइसकेको अवस्थामा पनि गर्भपतन मुलुकी ऐनको ज्यानसम्बन्धी महल रहेकोले छुट्टै कानुन बनाउन भनेको छ। 
केही गैससको पहलमा मस्यौदा बने पनि सरकारले अनरसीप लिन नसक्दा ठोस काम हुन नसकेको परिवार स्वास्थ्य महाशाखा सुरक्षित मातृत्व शाखा प्रमुख डा. शिलु अर्यालले बताइन्।
सर्वोच्चले गर्भमा रहेको भ्रुणको अधिकारसमेतलाई महत्वपूर्ण माने पनि जन्मिसकेको मानिसका शरीरमाथिको अधिकार पहिलो प्राथमिकतामा हुने भन्दै गर्भपतनलाई पूर्ण रुपमा महिलाको नियन्त्रणको विषय भनेको छ। सर्वोच्चको फैसलाअनुरुप सेवामा पहुँच बढाउन नसक्दा अझै पनि आधाभन्दा बढी गर्भपतन सूचीकृत संस्थाभन्दा बाहिर असुरक्षित तरिकाले हुने सरकारी तथ्यांकले नै पुष्टि गर्छ। सरकारले गर्भपतनका लागि संस्था र तालिमप्राप्त चिकित्सक तथा नर्सलाई सूचीकृत गर्ने व्यवस्था गरेको छ। तर, गर्भपतन गराउन चाहने संख्याको आधा पनि त्यस्ता संस्थामा पुगेका छैनन्। 
आर्थिक अभाव, सेवामा न्यून पहँुच, सूचीकृत केन्द्रमा जाँदा गोपनीयता भंग हुने डरजस्ता कारणले जथाभावी औषधी प्रयोग र तालिम नलिएका व्यक्तिबाट सेवा लिने परिपाटी कायमै रहेको शाखा प्रमुख डा. अर्यालले बताइन्। सरकारले २०६० मा 'सुरक्षित गर्भपतनसम्बन्धी राष्ट्रिय नीति' ल्याएर यसलाई कानुनी मान्यता दिएको थियो।
सन् २०११ को तथ्यांकअनुसार नेपालमा मातृमृत्युदर प्रतिलाख जीवित जन्ममा १ सय ७१ छ। गर्भपतनले कानुनी मान्यता पाएको आठ वर्षयता असुरक्षित गर्भपतनकै कारण झन्डै ५० महिलाले ज्यान गुमाएको तथ्यांक छ। दुई वर्षअघि आइपासले ८ जिल्लामा गरेको सर्वेक्षणले पनि ७ प्रतिशत मातृ मृत्युको कारण असुरक्षित गर्भपतनलाई नै देखाएको छ। 'गर्भपतन सेवामा पहँुच बढाउन सके मातृ मृत्युदर घटाउन सहयोग पुग्ने देखिन्छ,' महाशाखाका निर्देशक डा. सेनेन्द्रराज उप्रेतीले भने, 'तर सरकारका प्राथमिकता धेरै भएकोले यसैमा ध्यान दिन पाइएको छैन।' 
गर्भपतन कानुनी भएपछि हालसम्म देशभर ४ सय ८७ केन्द्र र १ हजार २ सय ७६ चिकित्सक र नर्सले सुरक्षित यो सेवा दिने अनुमति पाएका छन्। शल्यक्रियाबाट गरिने गर्भपतन सेवा ५४ जिल्लाका प्राथमिक स्वास्थ्य केन्द्र र औषधिको प्रयोगबाट गरिने सेवा २१ जिल्लामा उपलब्ध छ। 
गर्भपतन सेवा सुरु गर्न डाक्टरलाई १२ हप्ते र नर्सलाई आठहप्ते विशेष तालिम दिएपछि मात्रै अनुमति दिइन्छ। तालिमप्राप्त जोकोहीबाट आठ हप्तासम्मको र विशेष परिस्थितिमा १८ हप्तासम्मको गर्भपतन गराउन पाउने कानुनी व्यवस्था छ।


अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
४ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस