काठमाडौं - केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले चार वर्षयता राज्यलाई २७ अर्ब ८३ करोड ३० लाख रुपैयाँ राजस्व संकलन गरिसक्यो। राज्यबाट अन्तरदेशीय र गम्भीर अपराध अनुसन्धानको गहन जिम्मेवारी पाएको ब्युरो आफैंसँग भने न अनुसन्धान गर्ने आधुनिक उपकरण छ, न त पर्याप्त बजेट र भौतिक साधन। ब्युरो अधिकारीका अनुसार अवैध कल बाइपासमा पक्राउ परेकाबाट मात्र उसले ९ अर्ब ९२ करोड असुलिसकेको छ। बैंकिङ कसुरमा १७ अर्ब ४२ करोड रकम मागदाबी पुगिसकेको छ भने फरार अभियुक्तबाट ४८ करोड १० लाख रकम राज्यकोषमा भराइसकेको छ।तर, ब्युरोका लागि जम्मा वार्षिक बजेट २ करोड ६० लाख रुपैयाँ छ जसमा २ करोड २० लाख रकम तलब, रासन र लत्ताकपडामा खर्च हुन्छ भने प्रशासनिकलगायत कामका लागि ४० लाखमात्र बजेट छ।
गम्भीर प्रकृतिका जघन्य अपराध, संगठित अपराध र अन्तरदेशीय अपराध अनुसन्धान जिम्मेवारी पाए पनि ब्युरोका अधिकारी पुरातन अनुसन्धान शैलीमै अड्कन बाध्य छन्। सरकारले दिएको आश्वासनअनुसार एनालाइजर, पोलिग्राम परीक्षण, माइक्रो स्पाई क्यामेरा, बगिङ डिभाइस, नाइटभिजन बाइनाकुलर र ब्रेन म्यापिङजस्ता अनुसन्धानका आधुनिक उपकरण पाउने आशैमा चार वर्ष बितिसक्यो।
'आधुनिक उपकरण सहयोगमा गम्भीर अपराध अनुसन्धान गर्ने योजना भए पनि कार्यान्वयन पक्ष शून्य छ,' ब्युरोका एक अधिकारीले नागरिकसँग भने, 'तर केही नपाउँदा अनुसन्धान भगवान भरोसामा चल्दैछ।'
ब्युरो गठनपछि भएका जनकपुर बम विस्फोट, फैजान अहमद हत्याकाण्डलगायत संगठित घटना अनुसन्धानमा आधुनिक उपकरण नभएकाले छिमेकी देशको सहयोग लिन बाध्य हुनुपरेको ब्युरोका अधिकारीको गुनासो छ। न्यायाधीश रणबहादुर बम हत्या घटनाको अनुसन्धानको प्राविधिक पक्षको विश्लेषण र अनुसन्धानका लागि पर्याप्त उपकरण नहुँदा घटनाका सम्भावित पक्ष खुले पनि अभियुक्तको पहिचानमा कठिनाइ भएको ब्युरोका एक अधिकारीले बताए।
मुलुकभर कार्यक्षेत्र भएको ब्युरोसँग गतिलो सवारीसाधन समेत छैन। एउटा भ्यान छ, दान आएको। ब्युरोमा कार्यरत प्रहरी व्यक्तिगत साधन र इन्धन खर्चेर काम गर्नु पर्ने बाध्यता छ।
'अपराध अनुसन्धानका लागि गरिएको लगानी प्रहरीका लागि होइन, राज्यको सुरक्षाका लागि हो', ब्युरोका एक अधिकारीले भने, 'अपराधमा बढेको आधुनिक उपकरण प्रयोगलाई चिर्न अब भगवान भरोसामा आधारित अनुसन्धानले मात्रै चल्दैन।'
ब्युरोको नियमावली पारित भएपछि हिरासतकक्ष, हिरासतको सुरक्षाका लागि खटिने प्रहरीका लागि ब्यारेक, पक्राउ आरोपीसँग बयान लिन आधुनिक उपकरणजडित सोधपुछ कक्ष र आरोपी ओसारपसार गर्न आवश्यक सवारीसाधन तत्काल तत्काल आवश्यक रहेको अधिकारीको भनाइ छ।
सुरुमा आफ्नै भवन परिकल्पना गरेर प्रहरी प्रधान कार्यालयभित्रको भवनमा बसेको ब्युरोको कार्यालय महाराजगन्जमा सरे पनि योजनाअनुसार भवन भने पाएन। प्रहरी प्रशिक्षण प्रतिष्ठान मातहत रहेको कामचलाउ भवनलाई उसले कार्यालय बनाएर काम चलाइरहेको छ। त्यो भवन पनि उसले पूर्ण उपयोग भने पाएको छैन।
सोही कार्यालयमा रहेको औंठाछाप महाशाखा सारेर उसका लागि केही स्थान उपलब्ध गराउने प्रयास गरिए पनि औंठाछापको कार्यालयका लागि बनेको भवन प्रहरी अस्पतालले ओगटेपछि बाँकी भौतिक संरचना कहाँ बनाउने ब्युरोकै अधिकारीले नै ठम्याउन सकेका छैनन्।
'नियमावलीले दिएको अधिकारअनुसार भौतिक प्रबन्धको गृहकार्य सुरु गरेका छौं', ब्युरोका एसएसपी उत्तमबहादुर कार्कीले नागरिकसँग भने, 'यसका लागि अहिले हामीसँग भएको आर्थिक स्रोतले भ्याउँदैन।'
राज्यले दिएको अन्तर्राष्ट्रिय आपराधिक संगठन जालो भत्काउने, जटिल र संगठित अपराध नियन्त्रण, जटिल आपराधिक घटना अनुसन्धानको जिम्मेवारी पाएको संगठनका अधिकारीले समयानकूल उपकरण माग गरेलगत्तै सरकारले आश्वासन दिए पनि कार्यान्वयन भएको छैन।
ब्युरो अधिकारीका अनुसार गम्भीर अपराधको सहज अनुसन्धानका सहयोगी उपकरण खरिदका लागि न्यूनतम पनि ३० करोड रुपैयाँ आवश्यक पर्छ। ब्युरोले अनुसन्धानका लागि १ सय २९ वटा उपकरणको सूची बनाएर प्रधान कार्यालय हुँदै गृहसम्म पुर्या।ए पनि अहिलेसम्म एउटा पनि उपकरण पाउन सकेको छैन।
प्रहरी प्रवक्ता डिएसपी केशव अधिकारीले संगठनको स्रोतले भ्याएसम्म तत्काल साधनस्रोत उपलब्ध गराउने र अन्य स्रोतका लागी मजुकर( माथिल्लो निकाय) सँग आग्रह गरिने बताए। 'छिमेकी देशको तुलनामा अनुसन्धानमा आधुनिक उपकरण प्रयोगमा हामी कमजोर छौं' उनले भने' अहिलेसम्म व्यवसायीक सिप र जाँगरले अनुसन्धान सफल बनाएपनी अब आधुनिक उपकरण आवश्यक छ।'