गौशाला - महोत्तरीको बर्दिवासमा गएराति जन्तीको जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् भने दुईजनाको अवस्था गम्भीर रहेको छ। सिरहा जिल्लाको मिर्चैयाबाट महोत्तरीको सरपल्लो गाविसका लागि गइरहेको बीआर०६ पिबी १६९४ नम्बरको जन्ती बोकेको जिप बर्दिवास–९ स्थित बुद्धचोकमा अनियन्त्रित भई पल्टिन जाँदा जिपमा सवार १३ जना जन्ती घाइते भएका इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ।गएराति करिब १२ बजे दुर्घटनाग्रस्त भएको जन्तीको जिपमा परेर जन्ती सिरहा जिल्लाको मिर्चैया–९ रामनगर बस्ने ३० वर्षीय नागेश्वरप्रसाद साह र सोही ठाउँ बस्ने २२ वर्षीया सुशीलादेवी साह गम्भीर घाइते भएका छन्।
दुवैको अवस्था नाजुक रहेकाले राति नै विशेष उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पठाइको प्रहरीले जनाएको छ।
अन्य ११ जनाको उपचार यहाँको अस्पतालमा भइरहेको छ। दुर्घटनामा घाइते भएका जिपका चालक भारतको मधुवनी जिल्लाको जयनगर बस्ने २५ वर्षीय विनयकुमार यादवको पनि बर्दिवासमै उपचार भइरहेको छ भने दुर्घटनाग्रस्त जिप इलाका प्रहरी कार्यालय बर्दिवासको नियन्त्रणमा रहेको छ।
यसैगरी सडक छेउमा रोकिराखेको ट्रकलाई पछाडिबाट अर्को ट्रकले ठक्कर दिँदा चितवनमा गएराति एकजनाको मृत्यु भएको छ।
चितवनको खैरहनीस्थित नमुना पेट्रोलपम्प अगाडि टायर मर्मत गर्दै गरेको ना१ख ८६७२ नम्बरको ट्रकलाई पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना४ख ३९७८ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा ना१ख ८६७२ नम्बरको ट्रकका सहचालक तनहुँ भिरकोट–६ सिरकोटका २० वर्षीय केशबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
दुर्घटनामा परी सोही ट्रकका चालक २१ वर्षीय रवि थापा घाइते भएका छन्। घाइते थापाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। ठक्कर दिने ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।