३६ जनाको हत्या अभियोग लागेका भारतीय मोस्ट वान्टेड पक्राउ
१४ जेष्ठ २०७०
•
१ मिनेट पाठ
३६ जनाको हत्या अभियोग लागेका भारतीय मोस्ट वान्टेड पक्राउ
भारतमा ३६ जनाको हत्या गरेको अभियोग लागेका बब्लु दुबेलाई नेपाल प्रहरीको टोलीले राजधानीको सीतापाइलाबाट पक्राउ गरेको छ। भारतीय प्रहरीको मोस्ट वान्टेड अपराधीको सूचीमा रहेका दुबे ८ महिनाअघि नेपाल छिरेको प्रहरीले जनाएको छ।सिसुवाथान पूर्वी मोतिहारीका ३० वर्षीय दुबै बिहार पिपुल्स रिभुलुसन आर्मी नामको आपराधिक समूहलाई नेतृत्व दिँदै आएका कुख्यात अपराधी रहेको प्रहरीले जनाएको छ।

भारतीय प्रहरीले खोजिरहेको अभियुक्त नेपाल छिरेको जानकारी पाएपछि अञ्चल प्रहरी कार्यालय नारायणीको टोली उनलाई पछ्याउँदै काठमाडौं आएको हो। अञ्चल प्रहरी प्रमुख एसएसपी सर्वेन्द्र खनालका अनुसार नेपालमा बसेर उनले भारतीय उच्च प्रहरी अधिकारी र सभासदहरुलाई धम्क्याउँदै आएका थिए।

दुबे नेपाल प्रहरीद्वारा पक्राउ परेपछि भारतीय प्रहरीका उच्च अधिकारीहरुले फोन गरेर नेपाल प्रहरीलाई बधाइ दिएका छन्।
अर्को समाचार
नेपालका 'मोस्ट वान्टेड' भारतीय विधायकको घरमा पक्राउ
११ असार २०७१
•
५ मिनेट पाठ
नेपालका 'मोस्ट वान्टेड' भारतीय विधायकको घरमा पक्राउ
काठमाडौं- हत्या प्रयासको अभियोगमा फरार रहेका मोस्ट वान्टेड सुजन पौडेल (रमेश बाहुन) लाई प्रहरीले भारत लखनउको भारतीय विधायकको घरबाट पक्रेर नेपाल ल्याएको छ। ललितपुरमा मीनकृष्ण महर्जनलाई गोली हानेर मार्ने प्रयास गरेको अभियोग लागेका पौडेललाई नेपाल प्रहरीको टोलीले कानपुरमा समाजवादी दलका उत्तरप्रदेशका विधायक विनायक सिंहको घरमा पक्रेको हो।गत माघ ४ गते ललितपुर धापाखेलमा महर्जन र मिलन सिलवाल गोली लागेर घाइते भएका थिए। घटनाको अनुसन्धान क्रममा महानगरीय प्रहरी परिसर ललितपुरले पौडेलको योजनामा महर्जनमाथि गोली प्रहार भएको खुलेपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो। 
स्रोतका अनुसार पौडेल दुई महिनादेखि सिंहको घरमा बस्दै आएका थिए। पौडेलबारे जानकारी पाएपछि एक महिनाअगाडि नेपाल प्रहरीको टोली उनलाई पक्रन भारत पुगे पनि भारतीय प्रहरीको असहयोगका कारण रित्तै फर्केको थियो। एक साताअगाडि पुनः गएको प्रहरी टोलीले भारतीय प्रहरीको सहयोगमा पौडेललाई पक्राउ गरी नेपाल ल्याए पनि उनी पक्राउ परेको विवरण भने बुधबार मात्र सार्वजनिक गरेको छ। महानगरीय प्रहरी परिसरका प्रहरी निरीक्षक कुमोध ढुंगेलको टोलीले पौडेललाई पक्रेको हो।
धापाखेल गोलीकाण्डको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार सो घटनामा पौडेलको गोडामा गोली लागेको थियो। गोली वारपार भए पनि उनी पक्राउ पर्ने जोखिमका कारण अस्पताल गएका थिएनन्। नेपाली सेनाका भगौडा पौडेलले आफैं प्राथमिक उपचार गरे पनि घाउ बिग्रेपछि उपचारका लागि भारत गएका थिए। 
स्रोतका अनुसार पौडेल र महर्जनबीच ठेक्काबाट आएको कमिसन भागवण्डामा विवाद बढेपछि पौडेलले गोली हानेका हुन्। ललितपुरको सडक ठेक्काबाट आएको ३१ लाख कमिसन महर्जनले एक्लै राखेकाले तर्साउन गोली हानेको प्रहरीलाई बयान दिएको स्रोतले जानकारी दियो।
महानगरीय प्रहरी परिसरले बुधबार जारी गरेको विज्ञप्तिमा भने पौडेल काठमाडौं खसीबजारमा पक्राउ परेको दाबी गरिएको छ। विज्ञप्तिअनुसार पौडेल काठमाडौं र ललितपुरमा लुकिछिपी हिँडिरहेको भन्ने गोप्य सूचनाका आधारमा परिसरबाट खटिएको विशेष अनुसन्धान टोलीले बुधबार बिहान ८ बजे पक्राउ गरेको हो। 
विज्ञप्तिअनुसार खसीबजार नजिकै पौडेलको हुलियासँग मिल्ने व्यक्ति चक्रपथ सडकको बायाँ किनार हुँदै पैदल हिँडिरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिई नामथर वतन सोधपुछ गर्दा रामेछाप दुरागाउँ गाविस–७ बस्ने रमेश बाहुन भन्ने सुजनकुमार पौडेल बताएपछि पक्राउ गरिएको उल्लेख छ। 
प्रहरीको विज्ञप्तिमा उनको शरीर तलासी गर्दा पाइन्टको अगाडिको दाहिने खल्तीभित्र सेतो कागजमा पोको पारेर सेतो प्लास्टिकभित्र लुकाएर राखेको २८ दशमलव ४ ग्राम खैरो हेरोइन र उनले लगाएको कमिजमुनि बायाँतर्फ कम्मरको भागमा पाइन्टमुनि एक राउन्ड गोली लोड गरेको अवस्थामा रहेको नलकटुवा बन्दुकसँगै त्यही पाइन्टको अगाडिको बायाँतर्फको खल्तीमा एक राउन्ड गोली फेला परेको उल्लेख छ। 
२०६२ बाट आपराधिक घटनामा संलग्न देखिएका पौडेल पक्राउ परेको यो दोस्रो घटना हो। सात वर्षपहिले दरबारमार्ग प्रहरीले उनलाई पक्रेको थियो। राजनीतिक संरक्षणमा रहेका पौडेल अवैध हतियार र लागूऔषध मुद्दामा समेत फरार थिए। 
काठमाडौं परिसरमा उनीविरुद्ध लागूऔषधको अभियोग छ भने भक्तपुर परिसरमा अवैध हतियारको अनुसन्धान थाँती छ। राजनीतिक संरक्षणप्राप्त रामेछाप दुरागाउँका पौडेल नेकपा एमाले रामेछाप जिल्ला समितिका सदस्यसमेत हुन्। एमाले अध्यक्षका प्रत्यासी केपी ओली रामेछाप गएर उनलाई पार्टी प्रवेश गराएका थिए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस