बारा- काठमाडौंको सीता पाइलाबाट पक्राउ परेका भारतीय नागरिक बब्लु दुवे (मिथिलेश)लाई अञ्चल प्रहरी कार्यालय नारायणीले जिल्ला प्रहरी कार्यालय बारा झिकाएको छ। भारतीय प्रहरीको मस्ट वान्डेटको सूचीमा रहेका दुवेलाई अञ्चल प्रहरी कार्यालय नरायणीले आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बारामा झिकाइएको हो।
स्वदेशी प्रहरीबाट जोगिन नेपाल पसेका थिए। बिहारको पूर्वी चम्पारण मोतिहारीका दुवेमाथि भारतमा ३६ हत्या र दुई दर्जनभन्दा बढी जबर्जस्ती असुलीको अभियोग छ। उनी भारतीय प्रहरीको 'मोस्ट वान्टेड' सूचीमा छन्।
चार वर्षअघि हत्या मुद्दामा सुनुवाइ गर्न अदालत लैजाने क्रममा मोतिहारीको अदालत परिसरबाट प्रहरीसहित भागेका दुवेको खोजीमा बिहार प्रहरी सक्रिय भए पनि फेला पार्न सकेको थिएन।
आठ महिनाअघि नेपाल छिरेर पर्सा क्षेत्रमा लुक्दै आएका उनले यहाँबाटै बिहारमा आपराधिक समूह परिचालन गर्ने गरेको भारतीय प्रहरीको दाबी छ। उनलाई पक्रन भारतीय प्रहरीले नेपाली समकक्षीलाई आग्रह गरेको थियो।
तीन महिनाअघि दुवे काठमाडौं पसेको सूचनाको आधारमा खोजीमा खटिएको अञ्चल प्रहरी कार्यालय नारायणीको टोलीले बुधबार बिहान साढे ६ बजे सीतापाइलाको एक घरमा फेला पारेको थियो। प्रहरीले उनको कोठाबाट पौने २ लाख नेपाली रुपैयाँ, ६० हजार भारु र नेपाली सिमकार्डसहित ५ सेट मोबाइल बरामद गरेको थियो।