पोखराको फेवातालमा नयाँ प्रजातिको नयाँ चरा भेटिएको छ। पक्षी समाज पोखराले गरेको दुईदिने अध्ययनसँगै गणना गर्ने क्रममा ‘मन्डारिन हाँस’ नामक नयाँ प्रजातिको चरा भेटिएको हो। पोखराका नौवटा ताल तथा विजयपुर खोलाआसपास क्षेत्रमा दुई दिन चराको गणना गरिएको थियो।
गणनाकै क्रममा पोखरामै पहिलो पटक जापानमा पाइने मन्डारिन हाँस भेटिएको पक्षी समाज पोखराका अध्यक्ष मनशान्त घिमिरेले बताए। ‘यसअघि गरिएको गणनामा पोखरामा मन्डारिन हाँस भेटिएको थिएन। यो वर्ष भेटिएको हो,’ उनले भने, ‘यो चरा विशेष गरी जापान, चीन एवं मगोलियाको आसपास र भारतीय उपमहादीपमा पाइन्छ।’ उनका अनुसार यो फिरन्ते प्रजातिको चरा हो।
पक्षी समाज पोखराले पूर्ण रूपमा पानीमा आश्रित चराहरूको गणना गरेको थियो। गणना गर्ने क्रममा ४७ प्रजातिका लगभग २७ सय चरा गणना गरिएको तथ्यांक उनले सुनाए। ‘गत वर्ष २८ सयभन्दा बढी चरा गणना गरिएको थियो। यो वर्ष प्रजाति उस्तै रहे पनि संख्या भने घटेको छ’ उनले भने। मन्डारिन हाँस नेपालको पूर्व, चितवन एवं मध्यमस्र्याङ्दीको बाँधमा समेत भेटिएको थियो। गणनाकै क्रममा फेवातालमा ३ वटा मन्डारिन हाँस भेटिएका थिए।
पोखराका तालहरूमा कमन पोचार्ड (मालक हाँस) समेत भेटिएको थियो। यो प्रजातिको चरा लोपोन्मुख अवस्थामा रहेको पक्षी समाजका अध्यक्ष घिमिरेले बताए। ‘संरक्षित पक्षीको रूपमा रहेको कालो गरुड पनि भेटियो,’ उनले भने, ‘फेवा, खास्टे र दिपाङ तालमा भेटिएका हुन्।’ खोया हाँस एउटा मात्रै भेटिएको थियो। अध्ययनकै क्रममा फेवाताल एवं तालहरूको सिमसार क्षेत्रमा बच्चा कोरल्ने चराले बच्चा नकोरेलेको समेत देखिएको छ।
विजयपुर खोलामा विगतका वर्षमा पाइने गरुड भेटिनै छाडेको पक्षी समाज पोखराले जनाएको छ। ‘सुडसुडिया प्रजातिका चरा खोलाकिनारमा पाइन्थे,’ अध्यक्ष घिमिरेले सुनाए, ‘तर यो वर्ष त्यस्ता चरा देख्नै पाइएन्।’ खोलामा ठूला उपकरण चलाउने (जेसिभीको प्रयोग), नुहाउने, कपडा धुनेलगायत गतिविधिले चराहरू देखिन छाडेको अनुभव उनको छ। पक्षी समाज पोखराले सन् २००४ देखि पोखरामा पानीजन्य चराको गणना गर्दै आएको छ। डेढ दशकअघि टाइगर टप माउन्टेन लजका प्रबन्धक मार्कस कटनको अगुवाइमा चरा गणना सुरु गरिएको थियो। समाजले अहिले वार्षिक क्यालेन्डर बनाएरै पानी चराको गणना गर्दै आएको छ।
सिमसारको संकुचन हुँदै गएपछि पानी चराको गतिविधि पनि घट्दै गएको छ। सिमसार मानवीय अतिक्रमणको चपेटामा परेपछि चराको बासस्थान हराउँदै गएको छ। तालछेउमा पिकनिक खाने, ठूलो ध्वनि लगाएर संगीत बजाउने, क्याम्प फायर बस्नेजस्ता गतिविधि बढ्दै गएपछि चराहरू बिस्तारै सिमसार क्षेत्रबाट लोप हुँदै गएको गुनासो समाजले गरेको छ। हिउँदमा विगतमा पाइने चरा अहिले बिस्तारै भेटिनै छाडेको समेत अध्ययनले देखाएको छ। कास्कीको फेवा, बेगनास, रूपा, खास्टे, दिपाङ, न्युरेनी, मैदी, गुँदे र कमलपोखरी ताल एवं विजयपुर खोलामा पानी चरा गणना गरिएको थियो।