राजविराज- आगोले जलेर थलिएकी सप्तरीकी एक किशोरीको आज बिहान उपचारमा क्रममा मृत्यु भएको छ।आठ दिनदेखि मृत्युसँग सङ्घर्ष गरिरहेकी बभनगामाकट्टी गाविस–७ मन्सापुर निवासी लक्ष्मी मण्डलकी छोरी १५ वर्षीया ललिताको आज सगरमाथा अञ्चल अस्पताल राजविराजमा मृत्यु भएको हो।
आगोले शरीरको अधिकांश भाग जलेर गम्भीर घाइते बनेकी ललितालाई उपचारका लागि अन्यत्र सुविधाजन्य अस्पताल रेफर गरिए पनि आर्थिक अभावका कारण राजविराजमै उपचार गराइरहेको उनका परिवारका सदस्यले बताए।
प्रेमीले विवाह गर्न अस्वीकार गरेपछि गत जेठ १० गते बिहान शरीरमा पेट्रोल छर्केर आत्महत्याको प्रयास गरेकी ललितालाई तत्कालै उपचारार्थ राजविराजस्थित अस्पताल भर्ना गरिएको थियो।
मृतकका आफन्तका अनुसार ललिता र स्थानीय कपिलेश्वर मण्डलका छोरा जितेन्द्र मण्डलबीचको प्रेमसम्बन्धका बारेमा गाउँमा हल्लीखल्ली हुँदा गाँउलेले विवाहका लागि दवाव दिए पनि केटापक्षले विवाह गर्न अस्वीकार गरेपछि उनले आत्महत्या गरेकी हुन्।