काठमाडौं -सिंगापुरलाई ट्रान्जिट बनाउँदै जापान जान त्रिभुवन विमानस्थल पुगेका लाजिम्पाटका यामबहादुर गुरुङलाई अध्यागमनका कर्मचारीले रोके। शिक्षा मन्त्रालयबाट जारी गरिएको नो अब्जेक्सन लेटर, विद्यालयको चारित्रिक प्रमाण–पत्र, दश जोड दुइको ट्रान्सक्रिप्ट देखाउँदै उनले आफू पढ्न जापान जान लागेको बताए। आखिर उनी तीनै कमागजपत्रका कारण अहिले प्रहरी हिरासतमा छन्।गुरुङमात्रै हैन, जेठ महिनाभित्र नक्कली शैक्षिक प्रमाण पत्र र नक्कली भिसा बोकेर सिंगापुर ट्रान्जिट बनाएर जापान पढ्न हिँडेका नौ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ। विमानस्थलबाट पटकपटक एकै प्रकृतिको घटनामा पक्राउ पर्नेहरुको संख्या बढेपछि केन्द्रीय अनुसन्धान व्युरोले एक महिनाको अनुसन्धानपछि भाषा प्रशिक्षणको आवरणमा लामो समयदेखि ठगीमा सक्रिय गिरोहको पहिचान गरेको छ ।
नक्कली भिसा बोकेर हिँडेकाहरु त्रिभुवन विमानस्थलबाट कटेमा सिंगापुर वा जापानमा पक्राउ परी हिरासतमा पुग्थे। यता, सञ्चालकहरु योग्यता नपुगेका विद्यार्थीहरुलाई पढ्न पाइन्छ भनेर जापान लैजान सक्रिय हुन्थे।
विमानस्थलको कडाई र प्रहरीको अनुसन्धानले यस्तो धन्दामा संलग्न रहेको अभियोगमा १५ जना पक्राउ परे। जस मध्ये नौ जना जापान गएर पैसा कमाउने लालसामा लाखौं रकम डुबाउनेहरु छन्।
गुरुङसँगै प्रकाशबहादुर सिंह, रवी न्यौपाने, जीवन श्रीष, सञ्जु तामाङ, राजु योञ्जन, केशवचन्द्र सापकोटा, प्रमोद भण्डारी र माया तामाङको पैसा पनि फस्यो, उनीहरु प्रहरी हिरासतमा पनि पुगे।
अनुसन्धानबाट यस्तो धन्दामा संलग्न एक दर्जन बढी भाषा प्रशिक्षणका सञ्चालकहरु छन् । शिक्षा मन्त्रालय लगायतबाट आवश्यक पर्ने नक्कली कागजपत्र बनाएर विदेशमा अध्ययनका लागि पठाउन इन्स्टिच्युटको संलग्नता रहेको अनुसन्धानमा देखिए पनि अधिकांश सञ्चालक फरार छन्।
अधिकांशको शैक्षिक पृष्ठभूमी जापानमा अध्ययन गर्न जान योग्य छैनन्। भाषाको प्रशिक्षण लिन आउने उनीहरुलाई सञ्चालकहरुले जापान पठाइदिने प्रलोभन देखाएर ५ देखि १० लाखसम्म असुली गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
व्युरोका एसपी ईश्वरबाबु कार्कीका अनुसार पुतलीसडकको किमिनो जापानी भाषा विद्यालय, युरो नेपाल एजुकेशन कन्सल्टेन्सी, अप्सन एजुकेशन कन्सल्टेन्सी र नेपारु इन्सटिच्युट, भक्तपुरपुरको भक्तपुर जापानी भाषा इन्टिच्युट, कलंकीको इविसु एजुकेशन इन्टिच्युट तथा बागबजारको टोक्यो एजुकेशन फाउन्डेशन, मिन्ची जापानी भाषा स्कुल र युनाइटेड स्टडी सेन्टर ठगी धन्दामा सक्रिय रहेको खुलेको छ।
अनुसन्धानका संलग्न अधिकारीका अनुसार गुरुङ व्युरोको पकडमा आएपछि अनुसान्धान गर्दा उनलाई किमिनोका सञ्चालक सन्तोष बस्नेत पोलिएका थिए। एकपछि अर्को व्यक्तिको नाम र उनीहरु संलग्न इन्टिच्युटको ठेगाना खुलेपछि प्रहरीले गिरोहका सबै सदस्यलाई विभिन्न मितिमा पक्राउ गरेको थियो।
एसपी कार्कीका अनुसार सन्तोषले गुरुङसँग जापानको कलेज लैजाने भन्दै ७ लाख ३० हजार, होस्टेलको लागि १ लाख ३० हजार र प्लेन टिकेटको ५० हजारसँगै कन्सलटेन्सी चार्ज र पढाई शीर्षकमा थप १ लाख ७० हजार गरी १० लाख ८० हजार रकम असुलेका थिए।
बस्नेतको बयानबाट गुरुङका लागि दश जोड दुइको प्रमाण पत्र र ट्रान्सक्रिप्ट बनाउन बिक्रम पाण्डेलाई पैसा दिएको खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो। पाण्डेले आफूले पाएको ८ हजार ५ सयमध्ये २ हजार कमिसन खाएर बाँकी रकम किरण काफ्लेलाई दिएको बताएपछि प्रहरीले उनलाई पनि पक्राउ गरेको थियो।
किरणले पनि आएको रकममध्ये २ हजार आफूसँग राखेर नक्कली सर्टिफिकेट बनाउन सुन्दरराज पाठकलाई ४ हजार ५ सय दिएको बताएका थिए । त्यसपछि पाठक पनि प्रहरीको फन्दामा परे। सुन्दरराजले पनि २ हजार कमिसन राखेर सो काम चन्द्र गुरुङलाई गर्न दिएको बयान दिए। तर प्रहरीले गुरुङलाई भने पक्राउ गर्न सकेको छैन।
पक्राउ परेका युरो नेपाल इजुकेशन कन्सल्टेन्सीका कर्मचारी हुन् भने सन्तोष किमिनो जापानी विद्यालयका सञ्चालक हुन्। पाठक स्नातक तेस्रो वर्षको परीक्षा दिएर बसेका बेरोजगार हुन्। उनी अखिल क्रान्तिकारीमा सक्रिय भएर राजनीतिमा जाने तयारीमा थिए।
माया तामाङले दिएको जानकारी अनुसार प्रहरीले शिक्षा मन्त्रालयले दिने नो अब्जेक्सन लेटर, शंकरदेव क्याम्पस बिबिएसको चारित्रिक प्रमाण पत्र र त्रिभुवन विश्वविद्यालयको ट्रान्सक्रिप्ट नक्कली बनाएको मायानाची जापानी भाषा स्कुलका सञ्चालक इन्द्रकुमार लामाको संलग्नता खुलेको थियो। तर उनलाई अहिलेसम्म प्रहरीले पक्राउ गर्न सकेको छैन। जापान पुग्न ९ लाख ५५ हजार खर्चिएकी माया भने महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा छिन्।
नक्कली शैक्षिक प्रमाण पत्रको आधारमा प्रमोदलाई जापान पठाउने प्रयास गरेको अभियोगमा प्रहरीले पुतलीसडकको अप्सन एजुकेशन कन्सल्टेन्सीमा छापा मारेर सञ्चालक नविन गौतमलाई पक्राउ गरेको थियो। एसपी कार्कीका अनुसार उनले प्रमोदसँग जापान पठाउने भन्दै ९ लाख ७५ हजार रकम असुलेको थियो।
जापान पठाइदिने प्रलोभन देखाएर केशव चन्दसँग ९ लाख असुल्न नेपारु इन्सिच्युटका सञ्चालक दिपेन्द्र संलग्न रहेको खुलेपनि उनी फरार छन्। राजु योञ्जनबाट ५ लाख असुलेको अभियोगमा अमिर लिवी, सञ्जुसँग ४ लाख ६० हजार असुल्न रमेश तामाङ फरार छन्।
जीवन श्रीषसँग ८ लाख असुल्ने टोक्यो इजुकेशन फाउन्डेशनका सञ्चालक रमेश क्षेत्री पनि फरार छन्। प्रकाशबहादुर सिंह र रबी न्यौपानेसँग १०–१० लाख असुल्ने युनाइटेड स्टडी सेन्टरका सञ्चालक विष्णु गिरी फरार छन्।
एसपी कार्कीका अनुसार विदेशमा अध्ययन गर्न जान परामर्श दिने भन्दै खुलेका अधिकांश इन्स्टिच्युट सञ्चालक ठगी र किर्ते धन्दामा सक्रिय छन्। योग्यलाई उचित परामर्श दिने भन्दापनि शैक्षिक रुपमा अक्षमहरुलाई सपना देखाएर ठगी गर्न उनी बढी सक्रिय हुने गरेको बताउँदै उनले केही यस्ता संस्थाहरु हुन्डी कारोबारमा समेत सक्रिय रहेको व्युरोको अनुसन्धानमा खुलेको नागरिकलाई बताए।