धनकुटा — वर्षासँगै झरेको ढिस्कोले पुरिएर धनकुटाको महाभारतमा एकै परिवारका दुईजनाको मृत्यु भएको छ। घरमै सुतिरहेको अवस्थामा झरेको माटोको ढिस्कोले पुरिएर महाभारत– २ थाक्चीराङकी ८४ वर्षीय मकरमाया राई र उनकी छोरी ४८ वर्षीय दिलमाया राईको मृत्यु भएको हो।वर्षासँगै आज बिहान करिब ४ बजे झरेको ढिस्कोले पुरिएर भान्सा कोठामा सुतिरहेका आमा छोरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। ढिस्कोले पुरिएका उनीहरुको शव आज बिहान मात्र स्थानीयले निकालेका थिए।
घटनास्थल धनकुटा सदरमुकामबाट करिब ५० किलोमिटर दक्षिणमा रहेको छ। सो घटनाको जानकारी पाउन साथ भेटेटारबाट प्रहरी नायब निरीक्षक तीर्थबाबु मगरको नेतृत्वमा प्रहरी टोली खटिएको थियो।
मृतकको शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। रासस