सुर्खेतमा प्रहरीले बुधबार बिहान करिब १ बजेतिर अवैध काठसहित १२ जनालाई पक्राउ गरेको छ। भेरीगंगा नगरपालिका–१२ मसिनास्थित छिन्चुबाट वीरेन्द्रनगरतर्फ जाँदै गरेको लु२ख २१० नम्बर को ट्रकमा अवैधरुपमा काठ लैजाँदै गर्दा एक सय ४७ थान सालको चिरान काठसहित प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।
७७.६४ क्यू फिट सालको चिरान काठ विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिए। उनका अनुसार ट्रक चालक भेरीगंगा नगरपालिका–२, सप्तरीका १८ वर्षीय विकास केसी, सोही ठाउँका १३ वर्षीय योगराज बुढा, १२ वर्षीय हिमाल खड्का, १५ वर्षीय मदन भण्डारी, १४ वर्षीय प्रदीप वली र १३ वर्षीय निराजन विकलाई पक्राउ गरिएको छ।
साथै २० वर्षीय पदम खत्री, १५ वर्षीय अम्मर डिसी, २२ वर्षीय अनन्त बुढा, २५ वर्षीय तुलबहादुर वली, ३५ वर्षीय सोमबहादुर विक र २० वर्षीय राम वलीलाई पनि पक्राउ गरिएको उनले जनाए। आवश्यक कारबाहीका लागि छिन्चु वन कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।