काठमाडौं - बुधबार राति आकस्मिक कक्ष पुर्याइएका बिरामीले बिहानसम्म डाक्टर देख्न पाएनन्। देशकै जेठो, ठूलो र आमपहुँचको उपचारस्थल वीर अस्पतालमा यो नौलो घटना भने होइन। दिनहुँ हजारौं बिरामीको ओइरो लाग्छ, तर वीरको आकस्मिक कक्षमै धेरैजसो डाक्टर भेटिँदैनन्। एक त चाहिनेजति दरबन्दी नै छैन, भएका पनि ड्युटीमा आउँदैनन्। राजनीतिक पहुँचमा जागिर खाएकालाई नेतृत्वले न काम अह्राउने ह्याउ राख्छ, न कारबाहीकै हिम्मत गर्न सक्छ।'बुधबार राति ड्युटीमा बस्ने डाक्टर नै भएनन्,' जति माग गर्दा पनि सुनुवाइ नभएपछि बिहीबार नै राजीनामा दिएका विभागीय प्रमुख डा. डिपी सिंहले नागरिकसँग भने, 'साँझ ड्युटी सकिएकालाई राति ११ बजेसम्म राख्यौं, त्यसपछि अर्का एक कन्सल्ट्यान्टलाई अनुरोध गरेर इमरजेन्सी चलायौं।'
आकस्मिक कक्षस्रोतका अनुसार डाक्टर नभएकैले तत्काल उपचार नपाउँदा बिरामीको मृत्युसम्मका घटना बढिरहेको छ। दुई दिनअघि आन्द्रा बटारिएर ल्याएका एक बिरामीको समयमा शल्यक्रिया हुन नसक्दा मृत्यु भयो। 'सर्जरीले मेडिसिन र मेडिसिनले सर्जरीले हेर्ने भनेर पन्छ्याउँदा–पन्छ्याउँदै ज्यानै गर्यो,' आकस्मिक कक्षस्रोतले भन्यो।
पटकपटक चिकित्सक र स्वास्थ्यकर्मी माग गर्दा पनि कतैबाट सुनुवाइ नभएकाले आफूले सेवा दिन नसक्ने हालतमा राजीनामा दिएको सिंहले जनाए।
'एक वर्षसम्म उध्रिएको सिलाएर सेवा दिइरहेको थिएँ,' चिकित्सक अभावतर्फ संकेत गर्दै सिंहले भने, 'अब पूरै च्यातियो, नयाँ किन्न सकिनँ।'
मध्यरात आकस्मिक कक्ष ल्याइपुर्यासइएका बिरामीले चिकित्सक भेट्न बिहान कार्यालय समय कुर्नपर्ने अवस्था रहेको उनी स्विकार्छन्।
उनका अनुसार दैनिक डेढ सयदेखि २ सय बिरामी र ५० देखि सयजनासम्म मापसे (मादक पदार्थ सेवन) कर्ता वीरको आकस्मिक कक्ष ल्याइन्छन्। यस आधारमा एक सिफ्टमा कम्तीमा चार चिकित्सक (एमबिबिएस), त्यत्ति नै संख्यामा स्वास्थ्यकर्मी र नर्स हुनुपर्छ। अन्तर्राष्ट्रिय मापदण्ड हेर्ने हो भने एक शैयाबराबर दुई चिकित्सक हुनुपर्छ। तर आकस्मिक कक्षमा ८ जना स्वास्थ्यकर्मी र इच्छाअनुसार स्वयंसेवा गर्न आउने केही नर्स मात्रै हुन्छन्।
उत्सव एवं चाडपर्व परेका बेला त रातभर मापसेकर्ताको ओइरो लाग्छ। आकस्मिकका चिकित्सकको समय मापसे जाँच र प्रमाणित गर्दै सकिन्छ। 'मापसेवाला मनपर्दी बोलिरहेको हुन्छ, झगडा गर्छ। त्यसलाई पन्छाउन पनि प्रमाणित गर्नैपर्छ,' सिंहले भने, 'अनि उफ्रिने र कराउनेका आफन्त डाक्टरलाई बाटो छेकेरै जान दिँदैनन्।'
भएका चिकित्सक पनि अधिकांश राजनीतिक कार्यकर्ता छन्, नियमित काममा आउँदैनन्। केही दिनअघि राति ड्युटी परेका तीन स्वास्थ्यकर्मीमध्ये दुईजना खबर नै नगरी आएनन्। सिफ्ट प्रमुख डा. नुच्छेमान डंगोलको कारबाही सिफारिस सिंहले कार्यकारी निर्देशकसमक्ष पेस गरे, तर सुनुवाइ भएन। 'जनशक्ति दिन नसक्ने, मनपर्दी गर्दा पनि कारबाही नहुने अवस्थामा कसरी सेवा दिनू?,' सिंहले गुनासो गरे।
वीर आकस्मिकमा २२ अब्जरभेसनसहित ४५ शैया छन्। २४ घन्टालाई चार सिफ्टमा बाँडिएको यस विभागलाई कम्तीमा २० चिकित्सक आवश्यक पर्छ। 'राति ड्युटी गरेको चिकित्सक एवं स्वास्थ्यकर्मीले दोस्रो दिन बिदा पाउँछ, बिरामी र बिदा लिनुपर्नेसमेत हिसाब गर्दा २० चिकित्सक चाहिन्छ,' उनले भने, 'यहाँ त्यसरी ड्युटीमा खटिने जम्मा चार चिकित्सक छन्।'
कतिपय बिरामीलाई ओपिडीबाट समेत छिटो उपचार गराउने नाममा आकस्मिक कक्षमा पठाउने र आकस्मिक कक्षबाट वार्डमा भर्ना गर्न हम्मेहम्मे पर्ने भएकाले थप मार परेको सिंहले बताए।
अस्पतालका अन्य विभागमा कार्यरत सो सरहका विशेषज्ञ केही घन्टामात्रै अस्पतालमा बिताएर फर्कने गरेकाले आकस्मिक विभागमा कार्यरत विशेषज्ञ चिकित्सकलाई सधैँ राति ड्युटी खटाउन सक्ने अवस्था नरहेको सिंह बताउँछन्।
चिकित्सक थप्न आफूले एक वर्षदेखि अस्पताल निर्देशक, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान उपकुलपति, मन्त्री सचिव सबै गुहारे पनि सुनुवाइ नभएको उनले बताए। अस्पतालमा अधिकांश विशेषज्ञ (कन्सल्ट्यान्ट) सरकारी नीतिका कारण बढुवा नभएपछि मेडिकल अफिसरको पदमा कार्यरत रहेकाले पनि राति ड्युटी गर्ने गरेको सिंहले जनाए। 'सबै हवल्दारहरु सिपाहीको दरबन्दीमा रहने, तर सिपाहीको काम नगर्ने भएपछि पनि यो अवस्था आएको छ,' उनले थपे।
आकस्मिक कक्षमा अधिकांश मेडिकल अधिकृतको ड्युटी हुने र आवश्यक पर्दा मात्र विशेषज्ञ बोलाउने चलन हुन्छ। वीरमा मन्त्रालय तहको सातवटा मेडिकल अधिकृत पद रिक्त छ।
यसअघि, आकस्मिक कक्षमा आवश्यक मेडिकल अफिसरका लागि ५ हजार इन्सेन्टिभ दिएर भोलियनटियर्स राख्ने चलन भए पनि निर्देशक डा. बुलन्द थापाले जथाभावी नियुक्ति गरेको भन्दै डेढ वर्षअघि अख्तियारमा उजुरी पर्योथ। भर्खर पास गरेका चिकित्सक वीरमा काम गरेको अनुभव काम लाग्ने र पद रिक्त हुँदा करार नियुक्तिको बाटोसमेत खुल्ने आशले यस्तो सेवा दिन अग्रसर हुने गर्थे। अख्तियारले कार्यरत स्वयंसेवक चिकित्सक निकाल्न र नयाँ भर्ना नलिन निर्देशन दिएपछि त्यो बाटो पनि बन्द छ।
वीरका अन्य विभागमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा स्नातकोत्तर अध्ययनरत रेजिडेन्ट चिकित्सकले तीन वर्षसम्म एउटै विभागअन्तर्गत ड्युटी गर्ने भएकाले अभाव रहँदैन। तर आकस्मिकमा जिपी (जनरल प्राक्टिसनर) रेजिडेन्ट हुने र तिनीहरुले तीनवर्षे अवधिमा अन्य थुप्रै विभागमा पोस्टिङ हुने भएकाले कम्तीमा ३ वर्षमा ३ महिनामात्रै आकस्मिक कक्षमा ड्युटी पर्छ। पर्याप्त जनशक्ति नहुँदाको सबैभन्दा ठूलो असर आकस्मिक कक्षमा परेको छ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं न्याम्सका रजिस्ट्रार डा. मुकुन्द पन्थीले जनशक्ति अभाव रहेको जानकारी निर्देशकलाई गराएको बताए। जनशक्ति व्यवस्थापन गर्न सर्वेक्षण एवं व्यवस्थापन सर्वेक्षण भइरहेको भन्दै त्यसको रिपोर्ट नआउँदासम्म रिक्त सात पदमा नियुक्त गरेर तत्कालको व्यवस्थापन गर्ने प्रक्रिया सुरु भएको जनाए।