रुपन्देहीमा एक साता अघि जलाएर हत्या गरीएका सियारी २ का राजेन्द्र यादवको उनकै परिवारका सदस्यले हत्या गराएको प्रहरीले जनाएको छ । ३४ बर्षे यादवलाइ सम्पत्ती दिनु पर्ने भएपछि आफ्नै कान्छो बुवा र उनका छोराहरु मिलेर हत्या गराएको प्रहरी अनुसन्धानबाट खुलेको हो ।
सियारी २ बेथरीमा डेरागरी बस्ने ३४ बर्षीय यादवको गत माघ ६ गते मायादेवि गाँउपालिका ७ गरगट्टी स्थित खेतमा जलाएर हत्या गरीएको अवस्थामा शव फेला परेको थियो । अनुसन्धान गर्दै जाँदा भाडाका हत्यारा प्रयोग गरी काका र काकाका छोराहरुले नै राजेन्द्रको हत्या गराएको पाइएको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रवीण पोखरेलले बताए ।
हत्या आरोपमा प्रहरीले राजेन्द्रका काका,काकाका छोरा र सम्धि सहित ६ जनालाइ पक्राउ गरी बुधबार सार्बजनिक गरेको छ । प्रक्राउ पर्नेमा सियारी २ बस्ने राजेन्द्रका कान्छो बुवा रामवेलाश यादव,काकाका छोरा भाइ बिरेन्द्र यादव, मुख्य योजनाकार बुद्धिराम कोहार, कबुल लिने सन्त कुमार यादव, राकेश यादव र अफताव मुसलमान छन । हत्यामा संलग्न लङगारे भन्ने इन्द्रजित यादव र सोनु मुराउ फरार रहेको र खोजी भइरहेको एसपि पोखरेलले बताए ।
प्रहरीका अनुसार रामवेलासले आफ्नै दाइको छोराको हत्याकालागि हत्या पश्चात २५ लाख वा १ कठ्ठा जग्गा दिने कबुल गरेको अनुशन्धानबाट खुलेको छ । मुख्य योजनाकार बुद्धिराम कोहारलाइ वेलासले पहिलो पटक २०हजार र दोश्रो पटक ५० हजार रकम दिएको पनि खुलेको छ । राजेन्द्रलाइ मार्ने योजना बनेपछि मृत्तकका भाइ बिरेन्द्रले उनीसगै मदिरा सेवन गरी बिभिन्न बहानामा नौतनवा पुरयाएका थिए । सन्तकुमार र सोनु मुराउ पनि मोटरसाइकलमै नौतनवा पुगेको बताइएको छ । राजेन्द्रलाइ मार्ने योजना अनुरुप उनीहरुले पाइप,लाइटर र निद्रा लाग्ने औषधी भारतमै किनेका थिए । नेपाल आएपछि पुन मदिरा सेवन गर्ने निहुँमा भट्टीमा पसेको र राजेन्द्रको मदिरामा निन्द्रा लाग्ने ओषधी मिसाएर खुवाएको प्रहरीले जनाएको छ । सन्तकुमार,सोनु र बिरेन्द्रले अर्धचेत रहेका राजेन्द्रलाइ मोटरसाइकलमा घटना स्थललगी पहिले घाटी कसेर छातीमा थिचेको र मटटीतेल छर्केर शवमा आगो लगाइ हिँडेको प्रहरीले जनाएको छ ।
राजेन्द्रका बुवा रामशुभग यादवको ३२ बर्ष अघि सर्पको टोकाइबाट मृत्यु भएको थियो । श्रीमानको मृत्यु भएपछि उनकी आमाले देवर(राजेन्द्रका काका) संग विवाह गरेकी थिइन । त्यतीबेला राजेन्द्र जम्मा २ बर्षमा थिए । १५ बर्षको उमेरमा उनी मजदुरी गर्न भन्दै भारतको मुम्बै गए । राजेन्द्र लामो समय उतै थिए । दुइ बर्ष अघि घर फर्केपछि उनले आफनो अंशको सम्पत्ती मागे ।
काका र उनका छोराहरुले अंश नदिएपछि राजेन्द्रले २०७६ मा जिल्ला अदालतमा मुद्या हाले । अदालतले २९ कठठा जग्गा पाउने गरी मिलापत्र गराएको थियो । तर सोही जग्गा नदिन काका र भाइ मिलेर राजेन्द्रको हत्या योजना बनाएर हत्या गरेको प्रहरीको दावी छ । अदालतमा मुद्दा हालेपछि ज्यानको खतरा रहेको भन्दै राजेन्द्र घरमा नबसी बेथरीमा डेरा गरी बस्न थालेको स्थानीयले प्रहरीलाइ बताएका छन ।