काठमाडौं- सरकार र कमलरी प्रथा उन्मुलन संघर्ष समितिबीच दस बुँदे सहमित भएको छ। महिला, बालबालिका तथा समाजकल्याण मन्त्री ऋद्धिबाबा जोशीको नेतृत्वमा शुक्रबार भएको सात घन्टा लामो छलफलपछि सहमति भएको हो। सहमतिसँगै आन्दोलनका सबै कार्यक्रम स्थगित भएको छ। सिर्जना चौधरीको हत्यामा संलग्न भनिएका युवराज पौडेल र शंकर अधिकारीलाई छानबिन समितिले अनुसन्धानको दायरामा ल्याएपछि वार्ता सफल बनेको टोलीका फकला थारुले बताए।
'सरकारले सिर्जनाको अभियुक्तलाई अनुसन्धानको दायरामा ल्याएको छ,' उनले भने, 'घाइतेको उपचार पनि सरकारले ब्यवहोर्ने भनेपछि कुरा मिलेको हो।'
दस बुँदे सहमतिअन्तर्गत सिर्जनाको परिवारलाई अन्तरिम राहतबापत पाँच लाख उपलब्ध गराउने भएको छ। हत्या पुष्टि भए थप पाँच लाख दिने, अन्य मृतक तथा बेपत्ताको खोजी गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्ने, कुमारी आमा बनेकाको हकमा नाता र अंश कायमका लागि तत्काल कारबाही प्रक्रिया अगाडि थाल्ने, मन्त्रिपरिषद्बाट एक महिनाभित्र कमलरी मुक्तिको घोषणा गर्ने तथा हालः रहेकाको तत्काल उद्धार गर्ने, छात्रावृत्ति वृद्धिका लागि निर्देशिका संसोधन प्रकृया अगाडि बढाउने,
कमलरीको तत्काल परिचय वितरण अगाडि बढाउने र आन्दोलनका क्रममा प्रहरी नियन्त्रणमा रहेकालाई बिना शर्त शुक्रबारै रिहा गर्नेमा सहमति भएको फकला थारुले बताए।
वार्ता सफल भएसँगै पशुपति धर्मशालमा रहेका कमलरीहरुले खुसी साटासाट गरेका छन्। हाम्रो विजयी भएको भन्दै उनीहरुले खुसी मनाएका हुन्।