गोरखा — चीन सरकारले एमाओवादी उपाध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको गृह जिल्लालाई कम्प्युटर तथा प्रिन्टर सहयोग गरेको छ। १७ थान कम्प्युटर र पाँच थान प्रिन्टर मंगलवार जिल्लामा वितरण गरियो। चीनसँग सिमाना जोडिएका जिल्लाहरुलाई हरेक वर्ष सहयोग गर्दै आएको चीनले यस वर्ष बाबुराम भट्टराईको गृह जिल्ला गोरखालाई १५ लाखको कम्प्युटर र १५ लाखको खाद्यान्न सहयोग गरेको हो।विगतका वर्षमा खाद्यान्न र अन्य भौतिक निर्माणका सामग्री सहयोग लिइने गरेको भए पनि समय सापेक्ष कम्प्युटर अवश्यक परेकाले कम्प्युटर सहयोग माग गरिएको स्थानिय विकास अधिकारी महेश बरालले बताए। बस्तुगत र खाद्यान्न गरी १५/१५ लाखको सहयोग गर्ने सम्झौता चीन सरकारका अधिकारी सँगको बैठकमा सहमती भएको बरालले बताए। १७ थान कम्प्युटर र प्रिन्टर विकट उत्तरी सात गाविस, त्यहाँ रहेको विद्यालय एकिकृत घुम्ती सेवा केन्द्र र जिविस कार्यालयलाई बितरण गरिएको छ।
सिमावर्ती क्षेत्रका नेपाली र चिनियाँ नागरिकहरुको समबन्ध सुधार गर्न चीन सरकारले यस अघिका तीन वर्ष र आउने वर्ष सहित पाँच वर्ष सम्म सिमाना जोडिएका जिल्लाको अवश्यकता हेरेर बस्तुगत र खाद्यान्न सहयोग गर्दै आएको छ।