अदालतको अधिकार खोसिए लोकतन्त्र खतरामा पर्ने
२६ भदौ २०६६
•
६ मिनेट पाठ
अदालतको अधिकार खोसिए लोकतन्त्र खतरामा पर्ने
काठमाडौं, भदौ २६ (नागरिक) - सर्वोच्च अदालतका प्रधान न्यायाधीशसहित न्यायाधीशहरुले न्यायपालिकालाई पंगु बनाएर जनताको अधिकार रक्षा हुन नसक्ने बताएकाछन्। उनीहरूले अदालतका अधिकार खोसी निर्वल बनाए लोकतन्त्र र नागरिक अधिकार खतरामा पर्ने बताएका हुन।

संविधानसभाको न्यायप्रणाली समितिले स्वतन्त्र न्यायपालिकाको मान्यताविपरीत प्रावधान राखी मस्यौदा तयार गरेको भनी आलोचना भइरहेको बेला उनीहरूको यस्तो धारणा आएको हो।

राजधानीमा शुक्रबार भएको दुई छुट्टाछुट्टै कार्यक्रममा उनीहरूले यस्तो धारणा राखेका हुन्। प्रशासकीय अदालतको वार्षिकोत्सवका अवसरमा प्रधानन्यायाधीश मीनबहादुर रायमाझीले भने -'शक्तिको मातले कानुनको बाटो अनुशरण नगर्ने कार्यले लोकतन्त्रलाई मलजल गर्दैन, एकाध घटनाको रटाइको आधारमा स्वतन्त्र न्यायपालिकामाथि उठ्नै नसक्ने गरी घात हुनु कदापी राम्रो होइन।'

संविधानसभाको उक्त समितिले संविधानको व्याख्या, न्यायाधीशको नियुक्ति एवं वर्खासी संसद्ले गर्ने र प्रधानन्यायाधीश सेवाबाहिरबाट नियुक्ति गरिने व्यवस्थासहितको मस्यौदा पारित गरेको थियो।

'लोकतन्त्रको रक्षा संविधानवादको अवधारणा र स्वतन्त्र न्यायपालिकाबाट मात्र सम्भव छ।' प्रधानन्यायाधीश रायमाझीले भने - 'न्यायपालिकालाई बेकम्मा बनाउने सोच त्यागी यसलाई बलियो बनाउने तर्फ चिन्तित हुनुपर्छ।'

सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश अनुपराज शर्माले भने - 'न्यायपालिकालाई पंगु बनाएर नागरिक अधिकार रक्षा हुन सक्दैन।' उनले अदालतको अधिकार खोसेर स्वतन्त्र न्यायपालिका नहुने बताए।

लोकतान्त्रिक मुलुकले न्यायपालिकाका विश्वव्यापी मान्यता छोड्न लागेमा न्यायालय भासमा पर्ने जनाउँदै उनले दलीय कारटेलले नागरिक अधिकार कुण्ठित हुने खतरा रहने बताए। उनले भने -'संविधानको व्याख्या गर्ने, नागरिकका हक तथा स्वतन्त्रतासँग सम्बन्धित सबै मुद्दामा एकलौटी क्षेत्राधिकार प्रयोग गर्ने अधिकार अदालतलाई हुनुपर्छ।'

सर्वोच्च बार एसोसिएसनले आयोजना गरेको कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश बलराम केसीले समितिको मस्यौदामा आपत्तिजनक व्यवस्था धेरै रहेको उल्लेख गर्दै सुधार आवश्यक रहेको बताए। 'स्वतन्त्र न्यायपालिका खोसिएमा नागरिकका मौलिक अधिकार र स्वतन्त्रता रहदैन' उनले भने।

नेपालले विभिन्न अन्तराष्ट्रिय सन्धिमा हस्ताक्षर गरिसकेको अवस्थामा न्यायिक स्वतन्त्रता खोस्न नसक्ने जिकीर गर्दै उनले भने - 'यस्तै प्रावधान कायम रहे नेपालको न्यायालय स्वतन्त्र होला भन्न सकिन्न।'

अधिवक्ता भिमार्जुन आचार्यले भने - 'नागरिक सर्वोच्चताको नाममा संविधानको व्याख्या संसद्ले गर्ने हो भने कानुनी राज्य, स्वतन्त्र न्यायपालिकाका सबै मान्यता खारेज गरे हुन्छ।' उनले नागरिकको संरक्षणका लागि न्यायालयलाई यो अधिकार दिनुपर्ने उल्लेख गर्दै निर्देशित र नियन्त्रित अदालत हुनै नसक्ने जिकीर गरे।

नेपाल बारका पूर्व अध्यक्ष शम्भु थापाले संविधानको व्याख्या अदालतले नगर्ने भए संविधानमा मौलिक अधिकारको भाग नराखे पनि हुने धारणा व्यक्त गरे। यस्ता अलोकतान्त्रिक र स्वतन्त्र न्यायालय विपरीतका प्रावधानसहित पारित भएमा संविधान जलाउने चेतावनी उनले दिए।

उनले स्वतन्त्र न्यायालयलाई सिध्याउन यस्तो प्रावधान राखिएको जनाउँदै संसद्को दासत्व स्वीकार गर्ने हो भने कानुनी व्यवस्था नहुने बताए। उनले हालै भएका न्यायाधीश नियुक्ति अपारदर्शी रहेको जनाउँदै प्रधानन्यायाधीश असफल भएको टिप्पणी गरे।
यस्तै पूर्व अध्यक्ष हरिहर दाहालले कानुन निर्माता आफैले संविधानको व्याख्या हुननसक्ने बताए। न्यायाधीशको नियुक्ति र वर्खासी संसद्ले गर्ने व्यवस्था राखे कुनै दिन सैनिक पोसाक लगाएका न्यायाधीशको इजलासमा बहश गर्नुपर्ने अवस्था आउने उनले उल्लेख गरे।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस