डिआइजीलाई सरकार प्रमुखको निर्देशन 'शान्ति र सुरक्षाविरोधीसँग सम्झौता नगर्नु'
०३ असार २०७०
•
५ मिनेट पाठ
डिआइजीलाई सरकार प्रमुखको निर्देशन 'शान्ति र सुरक्षाविरोधीसँग सम्झौता नगर्नु'
काठमाडौं - सरुवा पाएका प्रहरी नायव महानिरीक्षक (डिआइजी)हरुले कार्यक्षेत्रमा खटिनुअघि प्रहरी महानिरीक्षकको निर्देशनसँगै विदाई पाउँदै आएका थिए। निर्वाचनको मिति घोषणासँगै सरुवासमेत पाएका डिआइजीले भने यसपटक मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीको निर्देशन पाए।
सरकारले जेठ ३० गते निर्वाचन मिति घोषणाको निर्णयसँगै नेपाल प्रहरीका २२ जना डिआइजीको सरुवा गरेको थियो। सरुवा पाएकामध्ये क्षेत्रीय डिआइजीलाई अध्यक्ष रेग्मीले आफ्नै कार्यकक्षमा बोलाएर सोमबार निर्देशन दिए।
क्षेत्रीय प्रहरी कार्यालय पूर्वाञ्चलका प्रमुख उपेन्द्रकान्त अर्याल, मध्यमाञ्चलका विज्ञानराज शर्मा, पश्चिमाञ्चलका सुरेन्द्रबहादुर शाह र सुदूरपश्चिमका प्रमुख नारायण वस्ताकोटी सिंहदरबार पुगेका थिए। मध्यमाञ्चल प्रमुखमा सरुवा भएका राजेन्द्रसिंह भण्डारी देशबाहिर छन्।
विशिष्ठ परिस्थतिमा गृहमन्त्रीले निर्देशनका लागि बोलाए पनि सरकार प्रमुखले भने बिरलै बोलाउने अनुभवी बताउँछन्। जानकार प्रहरी अधिकारीका अनुसार सरुवा हुने डिआइजीलाई कार्यक्षेत्रमा खटिनुअघि संगठन प्रमुखले निर्देशन साथ बिदाई गर्ने चलन छ।
सात महिनाअघि सरुवा डिआइजीलाई आइजिपी कुवेरसिंह रानाले नै निर्देशन दिँदै बिदाई गरेका थिए। तर, यसपटक उनी पनि डिआइजीहरुसँगै निर्देशन सुन्न अध्यक्षको कार्यकक्ष पुगे।
स्रोतका अनुसार सरुवा पाएका डिआइजीलाई गृहमन्त्री माधवप्रसाद घिमिरेले साढे ११ बजे निर्देशन लिन गृहमन्त्रालय बोलाएका थिए। उनले करिब आधा घन्टा निर्देशन दिए। गृहमन्त्रीको निर्देशन सकिएलगत्तै डिआइजीहरु त्यहीँबाट रेग्मीको कार्यालय पुगे।
१५ मिनेटको निर्देशनमा रेग्मीले सरकारले विशेष अवस्थामा विशेष जिम्मेवारी दिएकाले आफ्नो क्षमता प्रमाणित गर्न सम्झाए। उनले शान्ति र सुरक्षाविरोधी समूहसँग सम्झौता नगर्ने सरकारको नीति कार्यान्वयन गर्नसमेत डिआइजीहरुलाई निर्देशन दिए।
स्रोतका अनुसार रेग्मीले अधिकांश समय निर्वाचन सुरक्षामै केन्द्रित हुँदै 'जोखिम मोलेर काम गर्न' निर्देशन दिएका थिए। दोस्रो संविधानसभा निर्वाचन सरकारको साखसँग गाँसिएकाले निर्वाचनमैत्री सुरक्षा प्रबन्ध गर्न उनले निर्देशन दिएको स्रोतले बतायो।
'शान्तिपूर्ण र निष्पक्ष निर्वाचन सरकारको चुनौती हो, यो चुनौती सामना गर्ने सरकारको शक्ति तपाईंहरुनै हो,' अध्यक्ष रेग्मीको भनाइ उद्धृत गदर्ैै स्रोतले भन्यो, 'उत्साहका साथ कार्यक्षेत्रमा खटिएर राम्रोसँग काम गर्नुहोला।'
रेग्मीले निर्देशनमा 'निष्पक्ष भएर काम गर्नुस्' भन्ने शब्द बारम्बार दोहोर्‍याएका थिए। 'यो निर्वाचनकेन्द्रित सुरक्षा हो, नतिजा दिनुस्।' स्रोतले रेग्मीको निर्देशन उद्धृत गर्‍यो, 'कुनै दल विशेषको पछि नलाग्नुस्, निष्पक्ष निर्वाचनको नतिजा दिनुस्।'
विशेष परिस्थितिमा निर्वाचन हुन गइरहेकाले मतदाता र उम्मेदवारको सुरक्षामा विशेष केन्द्रित हुन रेग्मीले जोड दिएका थिए।
रेग्मीअघि चार डिआइजीलाई निर्देशन दिँदै गृहमन्त्री घिमिरेले सरुवाबारे आएको नकारात्मक टिप्पणीको पछि नगागी उच्च मनोबलका साथ कार्यक्षेत्रमा खटिन निर्देशन दिएका थिए। सरकारले अवस्था र जोखिमअनुसार चुनौती सामना गर्नेहरुको चयन गर्ने र सोहीअनुसार डिआइजीको जिम्मेवारी बाँडफाँड भएको भन्दै 'भ्रष्टाचार गुन्डागर्दी र सुरक्षा विरोधीसँग सम्झौता नगर्न' निर्देशन दिएका थिए।


अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
३ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस