काठमाडौ - वर्षातसँगै सुदूरपश्चिमलगायत देशभर आएको बाढी र पहिरोपछि फैलिन सक्ने प्रकोप व्यवस्थापन गर्न स्वास्थ्य मन्त्रालयले तयारी थालेको छ।बाढीबाट बढी क्षति पुगेको दार्चुलामा अस्पतालका अधिकांश संरचना र औषधिसमेत बगाएपछि सेवा नै प्रभावित हुने अवस्था छ। बाढीले किटाणु फैलाउने, प्रदूषण बढाउने र विस्थापितमा सरसफाइको अभाव, एकै ठाउँको बसाईजस्ता कारण सरुवा रोगले प्रकोपको रुप लिने गर्छ।
दार्चुलामा बाढीले क्षति गराएको र अस्पतालसमेत बगाएको छ। त्यहाँको स्वास्थ्य सेवा व्यवस्थापनका लागि विशेष सर्तकता आवश्यक भएको मन्त्रालयका अधिकारी बताउँछन्।
दार्चुलाका जनस्वास्थ्य निरीक्षक नरेन्द्रराज जोशीले नागरिकसँगको टेलिफोन कुराकानीमा अस्पताल भवन आधा बगाइसकेको, जनस्वास्थ्य कार्यालय, स्टोर, प्रसूति कक्ष, डाक्टर कर्मचारीको क्वार्टर, पोस्टमार्टम कक्षसमेत बाढीले बगाएको बताए। उनले सेवा प्रवाह गर्न सदरमुकाममा भवनसमेत नभेटिएपछि अस्पताल भर्ना भएका बिरामीलाई निजी घरमा राखेर उपचार गराइरहेको जानकारी दिए। 'हामीले स्टोरबाट केही औषधि निकाल्न भ्याएका छौं, तर वितरण गर्ने ठाउँ छैन।' जोशीले भने। दार्चुलामा तत्काल बिरामीको संख्या बढेको खण्डमा सुताएर उपचार गर्ने ठाउँकै अभाव हुने अवस्था छ।
मंगलबार मन्त्रालयमा बसेको बैठकले सुदूरमा बाढीपछिको सम्भावित प्रकोप व्यवस्थापन र तत्काल अबरुद्ध सेवा पुनः सुरु गर्ने तयारीका लागि सुदूरका क्षेत्रीय स्वास्थ्य निर्देशक डा. विकास लामिछानेको संयोजकत्वमा समिति गठन गरेको छ। बैठकमा विश्व स्वास्थ्य संगठन, युनिसेफ, रोडक्रसलजस्ता निकाय र गैरसरकारी संस्थाका प्रतिनिधि थिए।
बैठकले सुदूरपश्चिमका बाढीप्रभावित इलाकामा जुनसुकै बेला रोगको प्रकोप फैलिन सक्ने भएकोले सो क्षेत्रका सबै स्वास्थ्य संयन्त्र तयारी अवस्थामा राख्ने निर्णय भएको छ। तत्काल कुनै पनि चिकित्सक एवं स्वास्थ्यकर्मीलाई बिदा बस्न नदिने विषयमा समेत क्षेत्रीय निर्देशकको ध्यानाकर्षण गराइएको छ।
प्रकोप फैलिएको बेला समयमै उपचार नपाएर पछिल्लो तीन वर्षमा मध्य र सुदूरपश्चिम क्षेत्रमा करिब चार सयको ज्यान गएको थियो। जाजरकोटको महामारी नियन्त्रणमा आउन झण्डै तीन महिला लागेको थियो। कोसी बाढीका बेला विस्थापित सयौं बिरामी परेका थिए। सुदूरपश्चिममा केही औषधि भए पनि पर्याप्त चिकित्सक र अरु स्वास्थ्यकर्मी नभएकोले ठूलो संख्यामा विरामी आए धान्न कठिन हुने डा. लामिछानेले बताए।
'स्वास्थ्य समस्या आउने/नआउने कुरा गृहलगायतका सरोकारवाला मन्त्रालयले गर्ने व्यवस्थापनमा पनि भर पर्छ।' क्षेत्रीय निर्देशक डा. लामिछानेले भने, 'सकेसम्म बिरामी हुन नदिने गरी सोच्नुपर्यो बिरामी भइहाले त उपचारका लागि स्वास्थ्यले सबै शक्ति लगाउँछ।'
मंगलबार बाढी प्रभावित क्षेत्रमा राहत सामाग्री बोकेर गएको हेलिकोप्टरमा तत्कालका लागि आवश्यक पर्ने औषधिसमेत पठाइएको स्वास्थ्य सेवा विभागमा महानिर्देशक डा. मिङमार गेल्जेन शेर्पाले बताए। शेर्पाले तत्काल कुनै स्वास्थ्य समस्या फैलिने देखिए सोहीअनुसार उपचारसामग्री र चिकित्सक पठाउने तयारी भइरहेको बताए। मन्त्रालयमा बसेको बैठकले पनि बिरामीको संख्या बढ्न थाल्नासाथ थप स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको छ।
बाढीपछि विस्थापित भिडभाडमा बस्नुपर्ने, खाना र पानीको व्यवस्थापन राम्रो नहुने हुँदा त्यस्तो बेला सरुवा रोगको प्रकोप र महामारी फैलिने जोखिम हुन्छ। वर्षायाममा पानीको मुहान फोहोर हुने भएकोले पानी र सरसफाईमा पर्याप्त ध्यान दिन नसकिने र ब्याक्टेरिया पनि चाँडै बढ्ने भएकोले सर्ने खालका रोग फैलिने सम्भावना बढी हुन्छ। बाढीपीडितमा झाडापाखाला, टाइफाइड, जुका, आँउ, जन्डिस, आँखा पाक्ने र छालाका समस्या बढी देखिने गर्छ।
महानिर्देशक शेर्पाले अहिले औषधि तयारी अवस्थामा राख्नु महत्र्वपूर्ण भए पनि त्योभन्दा बाढीपीडितलाई सफा पिउने पानी, बास र खानेकुराको व्यवस्थापन गर्नु जरुरी भएको बताए। 'खाना दिने नाममा जथाभावी बाँडेर, सरसफाईमा ध्यान पुर्याउन सकिएन भने त्यसैे बिरामी गराउँछ,' उनले भने।