केन्द्र सार्ने प्रस्ताव विरुद्ध मादीको कार्यालय तोडफोड
२१ माघ २०७७
•
४ मिनेट पाठ
केन्द्र सार्ने प्रस्ताव विरुद्ध मादीको कार्यालय तोडफोड
केन्द्र सार्ने निर्णय विरुद्ध तोडफोड भएको कास्कीको मादी गाउँपालिका कार्यालय र स्थानीयबासि । तस्बिरः नागरिक
कास्कीको मादी गाउँपालिकाको केन्द्र साझा–बेतेनीमा सार्ने प्रस्तावपछि उत्पन्न विवाद उत्कर्षमा पुगेको छ । साविक याङ्जाकोटमा रहेको मादीको केन्द्र साझा–बेतेनीमा सार्ने निर्णयलाई पहिलो प्राथमिकतामा राखेर गाउँपालिकाले प्रदेश सरकार र संघीय सरकारलाई एकवर्ष अघि नै अनुरोध गरेको थियो । तर, संघीय सरकारले निर्णय नलिएपछि प्रदेशले पनि संघीय सरकारलाईमा थप अनुरोध गरेपछि विवाद निस्केको हो ।  




मादीको केन्द्र साविक याङ्जाकोट वा याङ्जाकोट देउराली नै हुनुपर्ने माग गर्दै आएका स्थानियले सो निर्णयबिरुद्ध मादी गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको थियो । असन्तुष्ट समूहले लगाएको ताला गाउँपालिका प्रमुख बेदबहादुर गुरुङको निर्देशनमा बुधबार खोलिएपछि स्थानियले दिनभर धर्ना दिनुका साथै कार्यालयको गेट, कार्यकारी अधिकृत चढ्ने गाडी तोडफोड गरेका छन् । साथै उनीहरुले गाउँपालिका प्रमुख गुरुङ र प्रशासकीय अधिकृतको नेमप्लेट उप्काएर फालिदिएका छन् ।  

कार्यालय खोलेर गाउँपालिका प्रमुख, प्रशासकीय अधिकृतसहितका जनप्रतिनिधि तथा कर्मचारी भित्र बसिरहँदा बाहिर भएका असन्तुष्ट पक्षले कार्यालयको गेट तोडफोड गरेर ढलाएका छन् । त्यस्तै प्रशासकीय अधिकृत चढ्ने ग.३ च.३३५२ नम्बरको स्कार्पियो गाडीको शिशा फोडिएको गाउँपालिका प्रमुख बेदबहादुर गुरुङले जानकारी दिए ।

आन्दोलनको नेतृत्व गरेका संघर्ष समितिका संयोजक तथा नेपाली कांग्रेस वडा नम्बर ३ का अध्यक्ष नारायण गुरुङले षडयन्त्रपूर्वक केन्द्र सार्ने निर्णयपछि आक्रोशित स्थानियले तोडफोड गर्नु सामान्य भएको बताए । उनले आन्दोलन जारी रहने बताउँदै ताला फोडेर खोलिएको कार्यालयमा पुनः ताला लगाइएको बताए । प्रशासकीय अधिकृतलाई गाउँपालिका प्रमुखको कार्यकक्षमा पठाएर पुनः तालाबन्दी गरिएको उनले बताए । प्रशासनिक काम गर्न नदिने नीति अनुरुप प्रशासकीय भवनमा तालाबन्दी गरिएको उनले बताए ।

असन्तुष्ट पक्षले स्थानिय स्वायत्त शासन ऐन र राजनीतिक सहमति विपरित मादीको केन्द्र मादी–३ याङ्जाकोटबाट साझा–बेतेनीमा सार्ने निर्णय गरेको आरोप लगाएको छ । मादी गाउँपालिकाको छैठौं साधारण सभाले मादीको केन्द्र वडा नम्बर ४ र ५ को मादी करिडोर छेउपर्ने बेतेनी, वडा नम्बर ३ स्थित याञ्जाकोट देउराली, वडा नम्बर ४ को तारकाङस्थित माजडी र साविक वडा नम्बर ३ स्थित याङ्जाकोटलाई बनाउन सिफारिस गर्ने सहमति भएपनि पालिका प्रमुख गुरुङले प्रदेश सरकार र संघ सरकारमा पठाउँदा बेतेनीलाई केन्द्र बनाउने निर्णय भएको भनेर गलत तरिका अपनाएकाले विरोध स्वरुप तालाबन्दी गर्नुपरेको संघर्ष समितिका संयोजक गुरुङले बताए ।  

गाउँसभामा चारै विकल्पलाई खुल्ला छलफल र सहमतिबाट टुंगो लगाउने भनिएपनि अहिले आएर षडयन्त्रपूर्वक बेतेनीमा केन्द्र सार्न खोजिएको उनीहरुको आरोप छ । स्थानिय स्वायत्त शासन अनुसार पालिकाको केन्द्र सार्न कि सर्वसम्मत निर्णय गर्नुपर्ने हुन्छ ननभए दुईतिहाई बहुमतबाट पारित गर्नुपर्ने हुन्छ । त्यसरी पारित गरेको निर्णय प्रदेश सभा र संघीय सरकारलाई सिफारिस गर्नुपर्ने प्रावधान रहेको छ ।  

गाउँपालिका अध्यक्षसहित नेकपाको बर्चस्व रहेको पालिकाको गत पुसमा सम्पन्न साधारण सभामा साझा बेतेनीमै केन्द्र बनाउने प्रस्ताव आएको थियो । तर नेकपाको पक्षमा दुई तिहाई बहुमत एकमतले नपुग्दा केन्द्रका लागि ४ विकल्प सारिएको थियो । उक्त चार प्रस्तावमा पछि छलफल गरेर सहमति गर्ने यसअघिको सहमति अनुसार पुनः सहमतिको प्रयास गर्नुपर्ने असन्तुष्ट पक्षको माग छ । तर अहिले छलकपट गरेर साधारणसभाको निर्णय भनेर गलत निर्णय सिफारिस भएको उनीहरुको आरोप छ ।

तालाबन्दी गर्ने समुह याङ्जाकोटमा केन्द्र हुनुपर्ने पक्षमा छ । आफुहरु याङ्जाकोटमा केन्द्र हुनुपर्ने पक्षमा भएपनि अहिले केन्द्र कहाँ राख्ने विवाद भन्दापनि केन्द्र सार्ने निर्णय प्रक्रियामा आफुहरुको असहमति रहेको आन्दोलनका नेतृत्वकर्ता गुरुङ बताउँछन् । ‘केन्द्र बेतेनीमै सार्ने हो भने प्रस्तावपनि त्यहि अनुसार आउनुपथ्र्यो,’ उनले भने, ‘प्रस्तावचाहिं एउटा आउने, अनि निर्णयचाहिं अर्कै भयो भनेर गलत सिफारिस गर्नु नाजायज छ, यो गलत हो ।’ उनले निर्णय नसच्चिएसम्म तालाबन्दी नखुलाउने अडान व्यक्त गरे ।

यसैबीच, संघर्षमा उत्रिएका असन्तुष्ट पक्षले सर्वोच्च अदलतमा मुद्धासमेत दायर गरेको छ । पालिकाको केन्द्र बेतेनीमा सार्ने मादी गाउँपालिकाका अध्यक्ष र कार्यकारी अधिकृतलाई विपक्षी बनाएर असन्तुष्ट समूहले रिट दायर गरेको हो ।
अर्को समाचार
मादीको केन्द्र वेत्यानी सार्न प्रदेश सरकारको सिफारिस
१९ माघ २०७७
•
२ मिनेट पाठ
मादीको केन्द्र वेत्यानी सार्न प्रदेश सरकारको सिफारिस
मादी गाउँपालिका
कास्कीको मादी गाउँपालिकाको केन्द्र वडा ४ कै वेत्यानीमा सार्न गण्डकी प्रदेश सरकारले संघ सरकारमा सिफारिस गरेको छ । गण्डकी प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले मादी गाउँपालिकाको गाउँसभाले पहिलो विकल्पका रुपमा अघि सारेको वेत्यानीलाई पालिकाको केन्द्र बनाउन संघ सरकारमा सिफारिस गर्ने निर्णय गरेको हो ।  




वेत्यानीमा केन्द्र सार्ने गाउँसभाले गरेको निर्णयलाई संघ सरकारमा सिफारिस गर्ने निर्णय गरेको गण्डकी प्रदेशका प्रमुख सचिव हरि पोखरेलले जानकारी दिए । ‘वेत्यानी केन्द्र बनाउने निर्णय प्रदेश सरकारको होईन,’ उनले भने, ‘गाउँपालिकाको निर्णय अनुसारै प्रदेशले संघ सरकारलाई सिफारिस मात्र गरेको हो ।’

मादी गाउँपालिकाको गतवर्ष पुसमा भएको गाउँसभाले मादी गाउँपालिका वडा नम्बर ४ र ५ को मादी करिडोर छेउपर्ने वेत्यानीलाई गाउँपालिका केन्द्रका लागि पहिलो विकल्पका रुपमा अघि सारेको थियो । शुरुमा गाउँपालिकाले वेत्यानीलाई नै केन्द्र बनाउने एकमात्र विकल्पका रुपमा अघि सार्ने तयारी गरेको थियो । गाउँपालिका अध्यक्षसहित नेकपाको बर्चस्व रहेको पालिकाको सो निर्णयबिरुद्ध कांग्रेस उभिएपछि दुईतिहाई बहुमत १ मतले नपुग्दा थप ३ विकल्प सार्न बाध्य हुनुपरेको थियो ।

गाउँसभाले दोश्रो विकल्पका रुपमा वडा नम्बर ३ स्थित याङजाकोट देउराली, तेश्रो विकल्पका रुपमा वडा नम्बर ४ को तारकाङस्थित माजडी र चौथो विकल्पका रुपमा साविक कार्यालय रहेको वडा नम्बर ३ स्थित याङजाकोटलाई प्रदेश र संघ सरकारमा सिफारिस गरेको थियो । वेत्यानीलाई मादीको केन्द्र बनाउने निर्णयप्रति कास्की क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य खगराज अधिकारी असहमत थिए । उनी तारकाङ माजडीलाई केन्द्र बनाउनुपर्ने पक्षमा उभिएका थिए ।

तर मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ वेत्यानीलाई केन्द्र बनाउने पक्षमा उभिएपछि विकल्पसहित प्रदेश र संघ सरकारलाई सिफारिस गरिएको थियो । सोहि सिफारिस अनुसार प्रदेश सरकारले संघ सरकारमा सिफारिस गर्ने निर्णय गरेको छ । मुख्यमन्त्रीको पनि चाहना अनुरुप ४ विकल्प मध्ये पहिलो विकल्प वेत्यानीलाई केन्द्र बनाउन सिफारिस गर्ने निर्णय भएको श्रोतको दाबी छ ।

गाउँसभाले चार विकल्प मध्ये जुनसुकै निर्णय भएपनि मान्य हुनेगरी सिपारिस गरेको थियो,त्यहि निर्णयमा टेकेर प्रदेश सरकारले संघमा सिफारिस गरेछ,’ मादी गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङले भने ।

गाउँसभाको सिफारिस प्रदेश र त्यसपछि संघ सरकारले स्वीकृत गरेपछि राजपत्रमा प्रकाशित हुनुपर्ने प्रावधान रहेको छ । प्रदेशले निर्णय गरेपनि संघले अझै निर्णय गर्न बाँकी छ । संघले पनि चाँडै निर्णय गर्ने अपेक्षा गरिएको अध्यक्ष गुरुङले बताए । ‘पहिले नै निर्णय हुनुपर्ने हो,’ उनले भने, ‘ढिलो– चाँडो संघले पनि निर्णय गर्छ भन्ने आशा छ । तर निर्णयमा ढिलाई हुँदा हामीलाई काम गर्न भने समस्या भएको छ ।’ उनले संघ सरकालाई चाँडो निर्णय गर्न आग्रह गरे । गाउँपालिका कार्यालयको टुंगो नलाग्दा गाउँपालिका कार्यालयका लागि नया भवन, प्रहरी भवन, बहुउद्देश्ह्यीय भवनलगायत बनाउन ढिलाई भएको उनको भनाई छ ।
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस