३० वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

बन्दकर्तालाई नियन्त्रणमा लिएर राजमार्गमा सवारी चलाइयो

तनहँमा केन्द्रीय सदस्य सहित १६ नेता प्रहरी नियन्त्रणमा

तनहुँमा प्रहरी र बन्दकर्ताबीचको घम्साघम्सी । तस्बिरः श्रीहरि पौडेल÷नागरिक

बन्दलाई सघाएको भन्दै तनहुँ प्रहरीले नेकपाको दाहाल–नेपाल पक्षका नेतालाई पक्राउ गरेको छ । प्रहरीले नेकपा केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ सहित १६ जना नेतालाई पक्राउ गरेको छ । प्रहरीले बन्दकर्तालाई पक्रेपछि पृथ्वी राजमार्गमा स्कर्टिङ गरेर सवारी संचालन गराएको थियो ।

बन्द गराउने क्रममा दमौलीको भोर्लेटारचोकमा खटिएका नेकपाका नेताहरुलाई प्रहरीले पक्राउ गरेको हो । जवरजस्ती सवारीसाधन रोक्ने गरेको र बा १६ च ६८३ नम्बरको स्किोपियोको अगाडीको शिशामा समेत तोडफोड गर्न थालेपछि बन्दकर्तालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरिक्षक अरुण पौडेलले बताए ।

दमौली भोर्लेटार चोकबाट बन्द गराउँदै गरेका श्रेष्ठसहित नेताहरु विष्णुभक्त सिग्देल, अतिन्द्र केशरी न्यौपाने, श्रीराम कार्की, मंगलप्रसाद श्रेष्ठ, रामचन्द्र सापकोटा लगायत १६ जनालाई नियन्त्रणमा लिएको हो ।  

नेपाल कम्युनिष्ट पार्टी व्यास नगर कमिटि अध्यक्ष श्रीराम कार्कीले बन्दको दिनमा पनि प्रहरीले जवर्जस्ती यातायात खुलाउन खोजेको बताए । प्रहरीले बल प्रयोग गरेर नियन्त्रणमा लिएको उनले बताए । ‘प्रहरीले बल प्रयोग ग¥यो,’ उनले भने । नेकपाका नेतालाई पक्रने क्रममा केहीबेर प्रहरी र नेकपाका नेताहरुबीच धकेलाधकेल भएको थियो । बन्दकर्ताले मोटरसाईकल चलाउन समेत रोकेका थिए । वन्दकर्ताले सडकमा गुडेका सवारीसाधन रोक्ने तर प्रहरीले ती सवारीसाधनलाई स्कर्टिङ गरेर गन्तव्यतर्फ पठाएपछि बन्दकर्ता आक्रोशित भएका थिए ।  

वन्दकर्तालाई नियन्त्रणमा लिएपछि प्रहरीले स्कर्टिङ गरेर सवारी साधन सञ्चालनमा ल्याएको छ । बन्दका कारण पृथ्वी राजमार्गको तनहुँ खण्डमा सवारीसाधनको चाप निकै कम छ । त्यस्तै दमौली लगायतका बजार तथा विद्यालय समेत बन्द रहेका छन् । 

प्रकाशित: २२ माघ २०७७ ०६:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App