मोरङको उर्लाबारी–१ स्थित लक्ष्मीझारको एक घरमा हतियारमा प्रयोग हुने गोली बरामद भएको छ।
दलबहादुर लिम्बूको घर क्षेत्रमा जमिनमुनि कालो प्लाष्टिकको झोलामा गाढेको अवस्थामा एसएलआर हतियारमा प्रयोग हुने ७.६२ एमएमको १ सय ८५ राउण्ड गोली बरामद भएको मोरङ प्रहरीले जनाएको छ।
‘बुधबार दिउँसो लिम्बूको घर भत्काउने क्रममा जमिनमुनि प्लाष्टिकले पोका पारेर गाढेको अवस्थामा गोली फेला परेको हो,’ मोरङका प्रहरी प्रवक्ता डिएसपी मानबहादुर राईले, ‘भक्तबहादुर सुवेदीले भत्किएको घरको जमिन खन्ने क्रममा गोली भेटिएपछि पुगेको प्रहरी टोलीले गोली बरामद गरेको छ।’ ठूलो संख्या गोली भेटिएपछि ईलाका प्रहरी कार्यालय उर्लाबारीले घटनाको थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ।