सशस्त्र प्रहरी बल, बिओपी कबहीगोठका प्रमुख सशस्त्र प्रहरी निरीक्षक नारायण सिंहको बिहीबार मृत्यु भएको छ । सुवर्ण गाउँपालिकाको सन्तगन्जस्थित बिओपी कबहीगोठको कार्यालय परिसरमै ड्युटीमा निस्कने क्रममा सिंह अचेत भएर लडेपछि उनलाई वीरगन्जको नारायणी उप क्षेत्रीय अस्पतालमा भर्ना गरिएको थियो ।
नारायणी अस्पतालमा सिंहलाई चेकजाँच गर्दैगर्दा उनको मृत्यु भएको डाक्टरहरूले सशस्त्र प्रहरीलाई जानकारी गराएका थिए । सशस्त्र प्रहरी बल, प्रदेश नम्बर २ का प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमले बिओपी कबहीगोठका सशस्त्र प्रहरी निरीक्षक लडेर अचेत अवस्थामा पुगेको बताएका छन् । सिंहको स्वास्थ्य अवस्था बिग्रिए पनि अस्पतालले घोषणा नगरेको गौतमले बताए ।
सिंहको मृत्युलाई गोप्य राखेर उनको पार्थिक शरीर परिवारको जिम्मा लगाउने कार्य सुरु गरिएको जिल्लाका एक सुरक्षा अधिकारीले बताएका छन् ।
दार्जुला स्थायी घर भएका सिंह पाँच महिना पहिला मात्रै बिओपी कबहीगोठको प्रमुखको रुपमा सरुवा भएर बारा आएको सशस्त्र प्रहरी बल बाराले जनाएको छ । अचेत भई लडेपछि सुरुमा थप उपचारका लागि कलैया अस्पताल ल्याइएको थियोे । सिंहलाई उपचार गर्न नसकिने डाक्टरहरूले जबाफ दिएपछि थप उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल लगिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।