काठमाडौं - एक करोड नक्कली भारतीय रुपैयाँ प्रकरणमा मुछिएका अनुराज प्रधान पक्राउ परेका छन्। प्रधानलाई आज बिहान महानगरीय प्रहरी प्रभाग दरबारमार्गले पक्राउ गरेको हो। प्रहरी स्रोतका अनुसार पाकिस्तानबाट आएका एक पाकिस्तानी नागरिकसँग १ करोड भारतीय रुपैयाँ फेला परेको घटनामा शिखर म्यानपावर लाजिम्पाटका प्रमुख प्रधानको संलग्नता खुलेको थियो।नक्कली भारु लिन विमानस्थल पुगेका नेपाली नागरिक मोहम्मद नुरउल्लाहले अर्का कारोबारी नेपाली तेक्वान्डो संघका कोषाध्यक्ष रवि सिंह र प्रधानको पहिचन गरेपनि प्रहरीले सिंहला मात्रै पक्राउ गरी नक्कली भारु प्रकणमा अनुसन्धान गरिरहेको थियो ।
नुरुल्लाहले आफ्नो बयानमा पाकिस्तानबाट नक्कली भारु नेपाल मगाउने योजना प्रधानकै म्यानपावर कम्पनीमा बनेको बयान दिए पनि नक्कली भारु सम्बन्धि अनुसन्धान गरिरहेको प्रहरीको विशेष व्युरोले प्रधानलाई अनुसन्धानको दायरमा नल्याउँदा आलोचना बढेको थियो।
प्रहरी स्रोतका अनुसार प्रधान चोरी गाडी प्रकरणमा फरार रहेकोले उनलाई पक्राउ गरिएको हो। प्रधानसँग नक्कली भारुबारे समेत अनुसन्धान हुने छ।
२०६७ सालमा प्रहरीले चोरीको विएम्डब्लु फेला पारेपछि सो गाडी प्रधानको रहेको खुलेको थियो तत्कालिन महानगरीय प्रहरी परिसर काठमाडौंका तत्कालिन प्रमुख रमेश खरेलले चोरी गाडी प्रकरणमा प्रधानविरुद्ध कारबाही प्रक्रिया अगाडी बढाएकै बेला उनको सरुवा भयो। भन्सार कार्यालयले प्रधान विरुद्ध ४० लाखको माग दाबी निकाल्दै प्रधानलाई पक्राउ गरी भन्सार बुझाउन काठमाडौं परिसरलाई २०६८ मै पत्र पठाए पनि प्रहीले प्रधानको प्रकाउ प्रति चासो देखाएको थिएन।
उच्च स्रोतका अनुसार प्रहरीका उपल्लोस्तरमा राम्रो हिमचिम रहेको प्रधान लामो समयदेखि चोरी गाडीको सन्जालको सन्चालक थिए। जानकार स्रोतका अनुसार मिर्जादिल साद्वेगको हत्या पछि भारत हुँदै चोरी गाडी नेपाल भित्र्याएर गरिने कारोबारमा प्रधानको उल्लेख्य संलग्नता थियो ।
पछिल्लो समय उनी वैदेशिक रोजगार व्यवसायमा संलग्न भएपछि मानव तस्करीमा सलग्न रहेको भन्दै विवादमा आउने गरेका थिए।