लहान - लहानबाट उत्तरवर्ती बस्तीपुर गाउँमा आज बिहान पतिले पत्नीको हत्या गरेका छन्। रामबिलास रामले आफनै पत्नी रुणालाई घाटी रेटेर हत्या गरेको वडा प्रहरी कार्यालय लहानका डिएसपि हरिराज वाग्लेले बताए।पत्नीसँग विवाद गर्दा गर्दै धारिलो हतियार निकालेर हत्या गरेको स्थानीयलाई उदृत गर्दै प्रहरीले जनाएको छ। पत्नी हत्या गरी भाग्न खोज्ने रामलाई गाउँलेले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए। घटनास्थल लहानबाट तीन किलोमिटर उत्तरमा पर्छ।
अर्को समाचार
पत्नीको हत्या आरोपमा पति पक्राउ
अर्को समाचार
पत्नीको हत्या गरेको आरोपमा साह पक्राउ
सप्तरी– सप्तरीको पंसेरा गाविस–५ की एक महिलाको हत्या गरेको आरोपमा प्रहरीले उनका पति र सासूलाई पक्राउ गरेको छ।पंसेर गाविस–५ निवासी २५ वर्षीया नगिना साहको हत्या गरेको आरोपमा उनका पति शत्रुघन साह र सासू सुमित्रा देवीलाई पक्राउ गरेको हो ।
पक्राउ परेका आमा र छोरालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय कल्याणपुरमा राखिएको जनाइएको छ। गत शनिबार राति नगिनाको आफ्नै घरमा रहस्यमय मृत्यु भएको थियो।
मृतक नगिनाको घाँटीमा थिचेको निलडाम र शरीरको अन्य भागमा पनि निलडाम देखिएकाले नगिनाको पति सत्रुघनले हत्या गरेको स्थानीयले बताएका छन् ।
साहको पति–पत्नीबीच केही दिनयता झगडा हुँदै आएको र शनिबार राति ८ बजे नगिनालाई कुटपिट गर्दा उनी चौकतिर भाग्न खोजे पनि पति शत्रुघनले समातेर ल्याएर घाँटी थिचेर उनको हत्या गरेको स्थानीयले बताएका छन्।
यता नगिनाका पति सत्रुघनले घटना भएको समयमा आफू घरमा नरहेको र आमाले नगिनालाई बेहोसी अवस्था देखेपछि आफूलाई खबर गरेकाले मात्र घटनाबारे थाहा पाएको बताएका छन्। घर आएर बेहोस अवस्थामा देखिएकी नगिनालाई एम्बुलेन्सबाट लहान अस्पताल पु¥याएलगत्तै डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।
शवलाई पुनः घरमै ल्याएर राखेका बेला प्रहरीले आफूलाई पक्राउ गरेकाले घटना कसरी भयो भन्ने आफूलाई थाहा नभएको सत्रुघनले बताएको इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक विजय यादवले जानकारी दिए।
नगिनाको हत्या भएको हो वा आत्महत्या त्यसबारे अनुसन्धान भइरहेको र शव परीक्षणका लागि लहान अस्पतालमा राखिएको प्रहरी निरीक्षक यादवले बताए।
धनुषाको जनकपुर माइती भएकी नगिनाको १३ महिनाअघि मात्र शत्रुघनसँग विवाह भएको थियो।

यो पनि पढौँ
ट्रेन्डिङ