सरकारले कोरोना भाइरस (कोभिड १९) बिरुद्ध पहिलो चरणको खोप कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको बताएपनि लुम्बिनी प्रदेशमा लक्ष्य अनुरुप खोप कार्यक्रमले सफलता पाएन । केन्द्र सरकारले लुम्बिनी प्रदेशकालागि ३९ हजार ४९५ जनाकालागि भनेर ८७ हजार ६ सय ७९ डोज खोप पठाएको थियो । तर त्यसमध्ये २८ हजार ९४१ जनाले मात्रै खोप लगाए । यो तथ्याङ्क अनुसार लक्ष्यको जम्मा ७३ प्रतिशतले कोरोना भाइरस बिरुद्धको खोप लगाएका हुन ।
१० हजार खोप बचेको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार १० हजार जनालाइ लगाउन पुग्ने खोप बुटवल स्थित प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रमै स्टोर गरीएको छ । निर्देशनालयले भने पहिलो चरणमा लक्ष्यको ८४ प्रतिशतले खोप लगाएको दावी गरेको छ । प्रारम्भिक चरण भएकाले कतिपय स्वास्थ्यकर्मी र चिकित्सकहरु नै यो खोप लगाउन हिच्किचाएको पाइएको छ ।
पालिकाहरुले लक्षित समुह सम्म सहि सूचना र जानकारी पुर्याउन नसक्दा रुपन्देही,बाँके जस्ता सुगम जिल्लामा स्वास्थ्यकर्मी,महिला स्वास्थ्य स्वयंसेविका र सरसफाइका कर्मचारी खोपबाट बञ्चित भएको पनि पाइएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका कोभिड फोकल पर्सन केदारनाथ शाहले पालिकाहरुले खोप लगाउन आउनेलाइ यातायातको व्यवस्था गर्नु पर्ने भएपनि नगरेको र खोपबारे सहि सूचना नदिदा खोपबाट बञ्चित भएको बताए । ‘आफनो साधन नभएका र यातायातको सहज सुविधा नहुनेहरु खोप लगाउन आएनन’जनस्वास्थ्य निरीक्षक शाहले भने ।
प्रदेशका १२ जिल्ला मध्ये ७ जिल्लामा लक्ष्य भन्दा कमले खोप लगाए । त्यसमा सबैभन्दा अगाडी बाँके र रुपन्देही छ । यी दुइ जिल्लामा कोभिड संक्रमित हुनेको संख्या उच्च रहेका हुन । बाँकेमा ६५ प्रतिशतले कोभिड १९ बिरुद्धको खोप लगाए । ७ हजार ७ सय जनलाइ लगाउने भनिएको खोप जम्मा ४ हजार ९६७ जनाले लगाए । रुपन्देहीमा लक्ष्यको ६७ प्रतिशतले लगाए । सुरुमा खोप आइपुग्दा रुपन्देहीमा १५ हजारलाइ लगाउने भनिएको थियो । तर फितलो तयारीका बिच लक्ष्य घटाएर १० हजार १५३ जनालाइ लगाउने भनियो । त्यसमा पनि ६ हजार ७९१ जनाले मात्रै खोप लगाए । ३ हजार बढी खोप बचेको छ । खोपलाइ कतिपयले ट्रायलको रुपमा लीएको र कतिपयले भारतको उत्पादन भनेर हच्किएको स्वास्थ्य अधिकारीहरुको भनाइ छ ।
अर्घाखाँचीमा १ हजार ३७८ जना अर्थात ६९ प्रतिशतले खोप लगाए । पुर्वी रुकुममा ३८२ जनाले अर्थात ८२ प्रतिशत,रोल्पामा ९८७ जना, ९१ प्रतिशतले कोरोना भाइरस बिरुद्धको खोप लगाए । प्युठानमा १ हजार १३४ ले,गुल्मीमा १ हजार ७४५ जनाले ९३ प्रतिशत र बर्दियामा १ हजार ९३१ जनाले अर्थात ९८ प्रतिशतले खोप लगाएको निर्देशनालयको तथ्याङ्क छ ।
निर्देशनालयको तथ्याङ्क अनुसार दाङमा लक्ष्य भन्दा बढीले खोप लगाए । २ हजार ९७० जनाकालागि भनेर खोप पठाइएपनि ५ सय ७६ जना थपिएपछि त्यसको व्यवस्थापन आपुर्ति केन्द्रले गरेको थियो । पाल्पामा पनि पहिले तोकीए भन्दा धेरैले खोप लगाए । २ हजार ४६० जनाले लगाउने भनिएको खोप २ हजार ७१२ जनालाइ लगाइएको हो । कपिलबस्तुमा २ हजार २२६ र पश्चिम नवलपरासीमा १ हजार १५२ जनाले खोप लगाए । कपिलबस्तुमा सुरुमा तोकीएको लक्ष्य भन्दा १८३ जना र नवलपरासीमा थप ८० जनालाइ खोप लगाइएको हो । केही जिल्लामा पालिकाहरुले लक्षित समुहको सुचीमा छुटाएकालाइ समेटदा खोप लगाउनेको संख्या बढेको र अन्य जिल्लालाइ असर नगर्ने गरी आपुर्ति केन्द्रले व्यवस्थापन गरेको स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी नेत्रलाल अर्यालले बताए । प्रदेशमा २५ वटा केन्द्र मार्फत खोप लगाइएको थियो ।
सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा पुष्पराज पौडेलले पहिलो चरण भएकाले खोप कार्यक्रमलाइ सफलताको रुपमा लिएको उल्लेख गरे । लक्षित समुहमा परेका मध्ये गर्भवती,बच्चालाइ स्तनपान गराउने महिला, हाल संक्रमणकै अवस्थामा रहेकालाइ यो खोप नलगाउँदा संख्या केही कम भएको डा पौडेलले बताए । सुरुमा खोपको लक्षित समुहमा प्रदेशका झण्डै ५ हजार औषधी व्यवसायी तथा फार्मेसी संचालकहरुलाइ समेत राखीएको थियो । तर स्वास्थ्य मन्त्रालयको निर्देशन अनुरुप उनीहरुलाइ लक्षित समुहमा राख्न नमिल्ने भएपछि सो संख्या लक्ष्यबाट घटाइएको थियो ।