पोखरा नगरसभामा पाँच नयाँ ऐन
२६ माघ २०७७
•
२ मिनेट पाठ
पोखरा नगरसभामा पाँच नयाँ ऐन
पोखरा महानगरपालिकाको आठौं नगरसभामा पाँचवटा नयाँ विधेयक टेबुल भएका छन्।आइतबार सुरु भएको नगरसभामा पाँच नयाँसहित १७ वटा विधेयक संशोधनको लागि प्रस्ताव गरिएको हो। नयाँ विधेयकमा ‘कृषि ऐन २०७७, पूर्वाधार विकास निगम ऐन २०७७, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७, पर्यटन विकास ऐन २०७७, गैरसरकारी संस्था परिचालन निर्देशिका २०७७, र विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन ऐन २०७७’ रहेका छन् । आर्थिक कार्यविधि ऐन २०७५ को (पहिलो संशोधन) पेश गरिएको छ।




नगरसभामा गण्डकी बहुप्राविधिक शिक्षालय ऐन २०७६, कर तथा गैर राजस्व सम्बन्धी ऐन २०७७ (पहिलो संशोधन), खेलकुद विकास ऐन २०७५ (पहिलो संशोधन) सभामा संशोधनको लागि प्रस्ताव गरिएको छ। यसैगरी सार्वजनिक निजी साझेदारी सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७५ (पहिलो संशोधन) पूर्वाधार विकासलाई व्यवस्थापन गर्न बनेको ऐन २०७५, कृषि व्यवसाय प्रवद्र्धन ऐन २०७४, सहकारी ऐन २०७५, सुशासन ऐन २०७५ रहेका छन्।

त्यस्तै फोहोरमैला व्यवस्थापन ऐन २०७४, बालबालिका अधिकार व्यवस्थितगर्न बनेको ऐन २०७४, न्यायिक समिति ऐन २०७४ (दोस्रो संशोधन), नगर प्रहरी ऐन २०७५, कार्यविभाजन नियमावली २०७४, कार्यसम्पादन नियमावली २०७४, नगर कार्यपालिकाको निर्णय आदेश र अधिकार पत्रको प्रमाणीकरण नियमावली २०७४, सहरी योजना आयोग गठन नियमावली (दोस्रो संशोधन) को संशोधन गर्न नगरसभामा पेश गरिएको महानगरपालिका प्रमुख मानबहादुर जिसीका प्रेस संयोजक माधव बरालले जानकारी दिए।

कृषि ऐनमा भूमी बैंकको स्थापना, कृषिमा अनुदान, भूमी सहकारी सम्बन्धी उल्लेख गरिएको महानगरपालिका प्रवक्ता धनबहादुर नेपालीले जनाए।उनका अनुसार कृृषि भित्रै पशुपंक्षी संरक्षण, बीउ विजन, किटनासक औषधी ,अन्न बीमा, उत्पादन बीमा सम्बन्धी व्यवस्था गरिएको छ।उत्पादन तथा अन्न बीमा नहुँदा हिउँद र बर्खाको समयमा किसानले भोग्नुपरेको पीडालाई समेत ऐनले सम्बोधन गर्न खोजेको उनको भनाइ थियो। ऐनले कृषि क्षेत्रमा प्रदान गरिँदै आएको अनुदानलाई समेत व्यवस्थित गर्ने विश्वास गरिएको छ।

महानगरपालिका भित्र बर्षेनी भौतिक पूर्वाधार बन्ने गरेका छन्। तर, त्यसको ठोस अनुगमन हुन सकेको छैन।अनुगमन गर्न महानगरपालिकाले निगम बनाइर अनुगमन गर्ने ठहर गर्दै निगम ऐन निर्माणको संघारमा छ।पूर्वाधारको लागत अनुमानदेखि भौतिक पूर्वाधारको काम सबै निगमले हेर्ने व्यवस्था मिलाउन ऐन अघि सारिएको प्रवक्ता नेपालीले बताए। वातावरण तथा प्राकृतिक स्रोत अन्तर्गत महानगरपालिका भित्र रहेको सार्वजनिक चौतरा संरक्षण, मठ मन्दिर, पार्क व्यवस्थापन सबै पर्ने छन्।

पर्यटनको विकास र प्रवद्र्धन गर्न महानगरपालिकाले छुट्टै ऐन व्यवस्था गर्ने गरी नगरसभामा टेबुल गरेको उनले बताए।होटल व्यवस्थापन, होम स्टे, प्याराग्लाइडिङलगायत व्यवस्थापन ऐनले गर्ने छ। उत्पादनलाई जोडेर पर्यटन प्रवद्र्धन गर्ने विषयमा समेत ऐनमा उल्लेख हुने विश्वास छ।महानगरपालिका प्रवक्ता नेपालीका अनुसार पोखराको पर्यटकको बसाइ लम्ब्याउन आवश्यक पूर्वाधार, सौन्दर्यकरण, पर्यटकको सुरक्षा एवं मनोरन्जनलगायतका विविध विषयलाई ऐनमा व्यवस्था गरिने छ। नयाँ टेबुल गरिएका ऐन तथा संधोशनको लागि पेश गरिएका ऐन सम्बन्धी दुईदिन छलफल हुने छ।
अर्को समाचार
पोखरा महानगरकाे बजेट प्रस्तुत गर्न एमालेको अवरोध
१० असार २०७९
•
२ मिनेट पाठ
पोखरा महानगरकाे बजेट प्रस्तुत गर्न एमालेको अवरोध
पोखरा महानगरपालिकाको बजेट प्रस्तुत गर्न अवरोध पुर्‍याउने उद्देश्यले नाराबाजीमा उत्रिएका एमाले जनप्रतिनिधिहरु।
पोखरा महानगरपालिकाको बजेट प्रस्तुत गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा एमाले)ले अवरोध गरेको छ। पोखरा महानगरपालिकाको नगरसभामा शुक्रबार अपराह्न ४ बजे बजेट प्रस्तुत गर्न नगरसभा बोलाइएको थियो। 




तर, नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले बजेट प्रस्तुत नहुँदै रातो किताब छापिएको भन्दै बजेट प्रस्तुत गर्न अवरोध गरेको हो। जनप्रतिनिधिहरुको अधिकार कुण्ठित गर्नेगरी बजेट पुस्तिका प्रकाशन गरेको भन्दै केहीबेर नाराबाजीसहित रोष्टम घेर्नुका साथै पछि नगरसभा बहिस्कार गरेर हिंडेपछि विहीबार प्रस्तुत गर्ने भनिएको बजेट रोकिएको छ। जसका कारण महानगरकीउप–प्रमुख मञ्जुदेवी गुरुङले बजेट प्रस्तुत गर्न सकिनन्।

लगत्तै महानगर प्रमुख धनराज आचार्य एमाले जनप्रतिनिधिहरुसँग वार्ता गरेका छन्। विवाद समाधान गरेर बजेट प्रस्तुत गर्न उनी एमाले जनप्रतिनिधिहरुलाई फकाईरहेका छन्। तर एमाले जनप्रतिनिधिहरु बजेट प्रस्तुत गर्न मानेका छैनन्। नेकपा (एमाले) पोखरा महानगर संसदीय दलकी नेता राधिका शाही योगीले प्रचलन विपरित बजेट प्रस्तुत गर्नु अघि नै रातो किताव ल्याएकाले बजेटमा अवरोध गरिएको बताईन्।

नगर सदस्यहरुले छलफल गरेपछि मात्रै रातो किताव ल्याउने चलन हो। तर छलकपट गरेर रातो किताब ल्याइयो। यो सरासर गलत हो त्यहि भएर हामीले बहिस्कार गरेका हौं’ उनले भनिन्। रातो किताबमा आफूहरुले उठाउँदै आएका योजनाहरु समावेश नभएकालेपनि रातो किताबमा छलकपट भएको पुष्टि हुने उनले तर्क गरिन्।

तर महानगर प्रमुख आचार्यले भने रातो किताव प्रकाशित भएको कुरा झुठो भएको दाबी गरे। हामीले बजेटको मस्यौदा मात्र तयार गरेका हौं। रातो किताव छापिएको वा प्रकाशित गरिएको छैन। यो झूठो कुरा हो’ उनले भने। उनले विषयगत समितिमा भएको छलफलको सुझावका आधारमा अन्तिमरुप दिन बाँकी रहेकोसमेत बताए।

यसैबीच आचार्यले असन्तुष्ट जनप्रतिनिधिहरुसँग सहमति कायम गरेर आजै बजेट ल्याउने बताएका छन्। स्थानिय तहले असार १० गते भित्रै बजेट ल्याउनुपर्ने बाध्यता भएकाले एमाले जनप्रतिनिधिलाई सहमतिमा ल्याएर बजेट ल्याउने कसरतमा प्रमुख आचार्य लागिपरेका छन्।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २० मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस