पहिचानको पर्खाइमा ढोरपाटनका कायत समुदाय
२६ माघ २०७७
•
४ मिनेट पाठ
पहिचानको पर्खाइमा ढोरपाटनका कायत समुदाय
बागलुङ जिल्लाको कायत समुदाय पहिचानविहीन बन्दा सबै सेवा सुविधाबाट बञ्चित हुनुपरेको छ। जातीय आधारमा जनजाति र दलित लगायतको पहिचानका आधारमा सरकारले धेरै स्थानमा छुट,आरक्षण तथा कोटा निर्धारण गरी निःशुल्क अध्ययन, छुटमा अध्ययन तथा रोजगारीमा आरक्षण दिँदै आएको छ।  




ढोरपाटन ७ बोबाङका कायत समुदायले पहिचान नपाउँदा आफूहरु उपेक्षामा परेको बताउँदै आएका छन्। दुई वर्षअघि नौथर समुदायभित्रका कायत समुदायलाई जातीय पहिचान दिने बहस संसद्मा पुगेको थियो। संसद्मा छलफल नै हुन सकेन। उनीहरुको जात पहिचान नहुँदा अध्ययन तथा रोजगारीमा समेत समस्या हुँदै आएको छ।  

सरकारले १ सयभन्दा बढी जातजातिलाई जातीय पहिचान दिए पनि ती समुदायको भने पहिचान हालसम्म छैन। आफ्नो जातको पहिचान नहुँदा अध्ययनदेखि रोजगारीसम्म समस्या भोग्दै आएको स्थानीय विश्वास कायतले जानकारी दिए।  

उनका अनुसार कायत समुदाय जिल्लाको ढोरपाटन – ७ मा बसोबास गर्दै आएका छन् भने घुम्ती बसाइँ ढोरपाटन–९ मा समेत रहेको छ । 'हाम्रो कुरा कहिल्लै सुनाइ भएन, पहिचान नपाउँदा क्षमतावान् कायत समुदायका व्यक्तिपछि परिरहेका छन्', उनले भने, 'राज्यपक्षको बेवास्ताका कारण संसद्मा पुगेको पहिचानको मुद्दासमेत हराएर गयो, सानो समुदायको कुरा कसैले सुनेन।' जातीय आरक्षणका कारण धेरै युवाले अध्ययनमा छात्रावृत्ति तथा रोजगारीमा कोटा पाउँदै आए पनि पहिचानविहीन बनेको नौ थर समुदायभित्रको कायत समुदाय पहिचानविहीन बन्दा रोजगारीसमेत पाउन मुस्किल भएको गुनासो गर्दै आएका छन्।  

पहिचानको मुद्दा निरन्तर उठाइ रहे पनि कतैबाट सुनुवाई नभएको कल्याण कायतले दुखेसो गरे। 'हाम्रो पहिचानको मुद्दा कायम छ, राज्यले एउटा जातीय पहिचान दिन सक्नुपर्दथ्यो, तर भएन', उनले भने, 'कति वर्ष पहिचानविहीन बन्ने, हामीलाई अल्पसङ्ख्यक समुदायका रुपमा सरकारले जातीय पहिचान दिनुपर्दछ।' ढोरपाटनमा ६५ देखि ७० घर परिवार मात्रै कायत समुदाय रहेका छन्। उनीहरूले जातीय पहिचान स्थापित गर्नका लागि कायत एकता समाज गठनसमेत गरेका छन्। समाज गठन गरे पनि अल्पसङ्ख्यक समुदाय भएको र त्यहाँबाट प्रतिनिधित्व गर्नेले राज्यको ध्यान तान्न नसकेका कारण पहिचान स्थापना गर्न नसकेको समाजका अध्यक्ष मिनबहादुर कायतले बताए।  कतिपयले कायत समुदायलाई जनजातिभित्र रहेको भन्दै आएपनि उनीहरूको आफ्नै भाषा संस्कृति र उद्गम थलो नभएका कारण जनजाति भित्र नपर्ने कतिपयको धारणा रहेको छ।  

अल्पसंख्यक समूदायलाई पहिचान राज्यले सामाजिक सुरक्षाको प्रत्याभूति गर्न आवश्यक रहेको जनाउँदै निर्वतमान  सांसद डा सूर्य पाठकले उनीहरूको पहिचान र सुरक्षाका विषयमा संसदको सुशासन एवं राज्य व्यवस्था समितिमा दुई वर्षअघि कुरा उठाएका थिए। 'त्यतिबेला मैले अल्पसङ्ख्यक जातिका विषयमा कुरा उठाउँदा आयोग सक्रिय थिएन, पद रिक्त थिए', उनले भने, 'अहिले आदिवासी तथा जनजाति आयोगले पूर्णता पाएको छ म निरन्त पहिचान कायम गर्न लागिपरेको छु, उनीहरूले आयोगमा निवेदन दिएपछि पहिचानका लागि काम अगाडि बढ्छ।'  

उनका अनुसार सामाजिक सुरक्षाका सम्बन्धमा व्यवस्था गर्ने विधेयक नौथर समुदायभित्र पर्ने ‘कायत’ समुदायलार्ई लोपोन्मुख समुदायमा सूचिकृत गरी सामाजिक सुरक्षा प्रत्याभूति गर्न संशोधन प्रस्ताव दर्ता गरी छलफल अगाडि बढाइएको थियो। अल्पसङ्ख्यक समुदायका विषयमा कुरा उठेपछि उक्त समुदायको आत्मसम्मान हुनेगरी प्रक्रियाबाटै जातीय पहिचान कायम गरी उनीहरूको सामाजिक सुरक्षाको प्रबन्ध गर्न समितिले आग्रह गरेको थियो। नौथर समुदायभित्रका पसाइ र पुजाय थर लोप भइसकेको अवस्थामा राज्यले पहिचान दिन नसके कायत जस्ता नौथरभित्रका समुदायले थर परिवर्तन गर्ने प्रचलन बढेकाले नौ थरभित्र थोरै सङ्ख्यामा रहेका कायत समुदाय लोप हुने अवस्थामा पुगेको स्थानीय बताउँछन्।  

उनीहरूको पहिचान स्थापित गर्नसके राज्यको सेवा सुविधा पाउनेमा यहाँका समुदाय आशावादी छन्। कायत समुदाय नेपालको अन्य ठाउँमा नभएकाले आफ्नो समुदाय लोपोन्मुख अवस्थामा रहेको स्थानीय विश्वास कायतले जानकारी दिए। रोजगारीका लागि फर्म भर्न जाँदा पनि आफ्नो जात खुलाउने पर्ने भएकाले कतिपयले आफूलाई मगर वा क्षेत्री तथा कतिले अन्य जातीय पहिचान दिँदा विस्तारै जातीय पहिचान गुम्दै लोप हुने अवस्था नआउला भन्न नसकिने उनीहरूको भनाइ छ।  

वडा र नगरपालिकाबाट कायत समुदायको सङ्ख्या तथा जातीय पहिचान कायम गर्न र राज्यको सेवा सुविधा प्राप्त गर्नका लागि सिफारिस ल्याएर आएपछि आफूले सम्बन्धित निकायमा जातीय पहिचान कायम गर्नका लागि सक्दो पहल गर्ने  प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए। 'पहिचान दिनलाई हामीले पहल गर्छौं, यसअघि प्रशासनले के पहल गर्‍यो त्यो बुझ्नै पर्दछ', उनले भने 'अहिले जातीय पहिचानका विषयमा समाधान गर्नसमेत विभिन्न आयोग गठन भइरहेको अवस्थामा पहिचान दिलाउन सहज हुनेछ, उहाँहरू सिफारिससहित आउनुपर्‍यो।'  

उनीहरूलाई लोपन्मुख जातिका रुपमा सूचिकृत गरी राज्यले छुट्टै व्यवस्थापन गर्न आवश्यक रहेको मानव अधिकारकर्मी राम शर्मा बताउँछन्। बोबाङ क्षेत्रमा बसोबास गर्दै आइरहेका नौथरभित्रका कायत, अदै, भण्डारी, थापा, कुमाई, खड्का र कठेरको पहिचान र रहनसहन छुट्टै भएकाले यो समुदाय छुट्टै जातीय समुदाय भएको स्थानीयको दाबी छ। 
अर्को समाचार
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
१८ मिनेट अघि
•
१ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कर्णाली प्रदेशमा सुरु भएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कम्तीमा २० स्वर्ण पदक जितेर पदक तालिकामा चौथो स्थान हासिल गर्ने लक्ष्य राखेको छ।

cg motors before sport section

‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको हो।

मंसिर १६ देखि २७ गतेसम्म औपचारिक रूपमा प्रतियोगिता सुरु हुने भनिए पनि केही खेल मंसिर ८ गतेदेखि नै सुरु भइसकेका छन्।

प्रतियोगिताका खेलहरूमध्ये पौडी र टेनिसका स्पर्धा सम्पन्न भइसकेका छन्। नेपालगन्जमा सम्पन्न पौडी प्रतियोगिताका २३ विधामा प्रतिस्पर्धा गर्दै एनआरएनएका खेलाडीले उल्लेखनीय सफलता हात पारेका छन्।

पौडीमा अस्ट्रेलियाबाट प्रतिनिधित्व गर्ने मिखा थापाले ५ स्वर्ण र ३ कांस्यसहित कुल ८ पदक तथा अमेरिकाका खेलाडी लिली बोहराले ७ स्वर्ण, ४ रजत र १ कांस्यसहित कुल १२ पदक जितेका छन्।

दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएले कम्तीमा २० स्वर्ण, १० रजत र ५ कांस्य गरी कुल ३५ पदक जितेर चौथो स्थानमा पुग्ने लक्ष्य लिएको छ।

२०७६ सालमा नेपाल सरकार, खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्सँग विभागीय टोलीसरह मान्यता पाउने समझदारीपत्रमा हस्ताक्षर गरेसँगै एनआरएनएले पहिलो पटक आठौं राष्ट्रिय खेलकुद खेलेको थियो।

लुम्बिनी प्रदेशमा भएको आठौं राष्ट्रिय खेलकुदमा ७ स्वर्ण, ३ रजत र ५ कांस्यसहित नवौं स्थानमा रहेको एनआरएनए गण्डकी प्रदेशमा सम्पन्न नवौं राष्ट्रिय खेलकुद, २०७९ मा १२ स्वर्ण, ४ रजत र १० कांस्य जित्दै पदक तालिकाको छैटौं स्थानमा उक्लिएको थियो।

एनआरएनएले यसपटक ७९ विधा तथा तौल समूहमा प्रतिस्पर्धा गर्नेछ। एनआरएनएका उपाध्यक्ष एवं स्पोर्ट्स एकेडेमीका अध्यक्ष भीमसेनकाजी थापाका अनुसार विश्वभर छरिएर रहेका नेपालीलाई खेलकुदका माध्यमबाट मातृभूमिसँग जोड्ने तथा नेपाली खेलकुदको विकास र प्रवर्द्धनमा योगदान पुर्‍याउने उद्देश्यले ११ खेलमा सहभागिता जनाइएको हो।

थापाका अनुसार व्यक्तिगततर्फ एथलेटिक्स, ब्याडमिन्टन, बुद्धिचाल, साइक्लिङ, जुडो, कराँते, फुल-कन्ट्याक्ट कराँते, लन टेनिस, पौडी र टेबल टेनिस तथा सामूहिकतर्फ क्रिकेट गरी ११ खेलमा सहभागिता रहेको छ।

बक्सिङसहित कुल १२ खेलमा खेलाडी दर्ता गरिए पनि समयतालिकामा फेरबदल भएकाले बक्सिङमा सहभागी हुन नसकिएको स्पोर्ट्स एकेडेमीका सदस्यसचिव स्वयम्भूराज डंगोलले जानकारी दिए।

कार्यक्रममा भर्चुअल माध्यमबाट सम्बोधन गर्दै एनआरएनए अध्यक्ष डा. हेमराज शर्माले डायस्पोरामा रहेका नेपालीलाई खेलकुदको माध्यमबाट मातृभूमिसँग जोड्ने अभियानमा रहेको बताए।

आगामी दिनमा नेपाल सरकारसँग मिलेर खेलकुदको क्षेत्रमा काम गर्न एनआरएनए तयार रहेको उनको भनाइ थियो।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत एनआरएनएका व्यवस्थापन प्रमुख तथा आइसीसी उपाध्यक्ष मनोज श्रेष्ठ (गोर्खाली) ले विभागीय टिमहरूसँग प्रतिस्पर्धाभन्दा पनि विदेशमा हुर्किएको पुस्तालाई नेपालको खेलकुदबारे बुझाउन सहभागिता जनाएको बताए।

उनले आठौं र नवौंको तुलनामा यसपटक पदक तालिकामा सुधार हुने अपेक्षा व्यक्त गरे।

उपाध्यक्ष तथा दशौं राष्ट्रिय खेलकुदको आर्थिक संयोजक प्रवीण गुरुङले सबैको साथसहयोगले सहभागिता सम्भव भएको उल्लेख गर्दै खेलाडीको सुविधामा कुनै कसर बाँकी नराख्ने बताए। उनले सहयोगका लागि आइसीसीका सबैलाई अपिलसमेत गरे।

महासचिव डा. चिरञ्जीवी खड्काले खेलाडीको सुविधाका लागि सचिवालयले कुनै कसर बाँकी नराखेको उल्लेख गर्दै अहिले केही कमजोरी देखिएको भए सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे।

पत्रकार सम्मेलनमा एनआरएनए खेलाडी छनोट प्रक्रियालगायत विषयमा उठेको जिज्ञासामा प्राविधिक निर्देशक रवि शाहीले सबै कागजात हेरेरमात्रै खेलाडी खेलाइएको बताउँदै समस्या नहुने बताए।

एनआरएनएले शनिबार नै दशौं राष्ट्रिय खेलकुदमा सहभागी हुन जाने केही खेलाडीलाई बिदाइ गरेको छ।
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
यो पनि पढौँ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस