काठमाडौं – प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले संचारकर्मी र सञ्चार माध्यममाथि अनुमगन गर्ने क्षेत्रअधिकार प्रेस काउन्सिलको मात्रै भएकाले अन्य सरकारी निकायलाई हस्तक्षेप नगर्न चेतावनी दिएका छन्।
'प्रेस काउन्सिल पत्रकारको संरक्षक संस्था हो। आचार संहितामा नबस्नेलाई कारबाही गर्ने अधिकारी काउन्सिललाई छ; अन्यलाई छैन,' कपन अनलाइनको वार्षिकोत्सवमा उनले भने।
केही समयअघि अनलाइनमा प्रकाशित समाचारलाई लिएर पत्रकारलाई पक्रिनु दुर्भाग्यपूर्ण रहेको बताए। 'त्यो समस्या सहमतिमा समाधान भए पनि अनलाइनको विषयमा धेरै कुरा प्रस्ट पार्न आवश्यक छ,' उनले भने, 'अनलाइन वैध र प्रभावकारी माध्यमका रुपमा अगाडि आएको र जनतासँग अन्तर्क्रिय भइरहेकाले सबैको चासो बढेको हो।' उनले अनलाइन मिडियाको दुरुपयोग भयो भने संकट निम्तिनेसमेत बताए।