सिद्धार्थ विकास बैंकका अध्यक्ष पक्राउ
१६ असार २०७०
•
२ मिनेट पाठ
सिद्धार्थ विकास बैंकका अध्यक्ष पक्राउ
काठमाडौं –जम्को प्रकाशन प्रालीलाई बदनियतपूर्ण रुपमा ऋण दिएको अभियोगमा सिद्धार्थ विकास बैंकका अध्यक्ष शेखर अर्याललाई केन्द्रिय अनुसन्धान व्युरोले पक्राउ गरेको छ। जग्गा धितोमा जम्कोलाई दिएको १३ करोड ऋणमा बैंकलाई हानी पुर्‍याउने गरी बढी मुल्यांकन गराउने निर्णय पक्रियामा अर्याल प्रत्यक्ष संलग्न रहेको देखिए पछि उनलाई अनुसन्धानका लागी पक्राउ गरिएको व्युरोले जानकारी दिएको छ।'अहिलेसम्मको अनुसन्धानमा जम्कोलाई गरिएको ऋण प्रवाहमा अर्यालको संलग्नता खुलेकाले अनुसन्धानका लागी पक्राउ गरेका हौं' व्युरोका प्रमुख डिआइजी प्रकाश अर्यालले नागरिकन्युजलाई भने।

जम्कोलाई गरिएको ऋण प्रवाहको अनुसन्धानकोक्रममा व्युरोले यस अगाडिनै ऋण लिने गौरी ढकाल र किशोर खनाल र ऋण प्रवाहमा संलग्न देखिएका सिद्धार्थ विकास बैंकका सञ्चालक मधुसुदन सिलवाललाई पक्राउ गरिसकेको छ। जम्कोको नाममा ऋण प्रवाह गर्न राखिएको जग्गाको वास्तविक मुल्यांकन ६ करोड भए पनि बढाएर २५ करोड बनाई १३ करोड ऋण स्विकृत गरिएको खुलेपछी राष्ट्र बैंक कारवाहीमा उत्रिएको थियो।

राष्ट्र बैंकको आग्रहमा व्युरोले गौरी र खनाललाई पक्राउ गरी अनुसन्धान अगाडि बढाउँदा सिलवाल समेत संलग्न देखिए पछि उनलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको थियो। डिआइजी अर्यालले सो प्रकरणबारे अनुसन्धान जारी रहेको र संलग्नता खुल्नेहरुलाई पक्राउ गर्दै जाने बताए।
अर्को समाचार
सिद्धार्थ विकास बैंकका अध्यक्ष पक्राउ
१६ असार २०७०
•
२ मिनेट पाठ
सिद्धार्थ विकास बैंकका अध्यक्ष पक्राउ
काठमाडौं – बैंकलाई हानी पुग्नेगरी जम्को प्रकाशन प्रालिलाई ऋण दिएको अभियोगमा सिद्धार्थ विकास बैंकका अध्यक्ष शेखर अर्याल पक्राउ परेका छन्। ठगी र बैकिङ कसुरमा उनलाई केन्द्रीय अनुसन्धान ब्युरोले शनिबार पक्राउ गरेको हो।जग्गा धितोमा जम्कोलाई १३ करोड ऋण दिँदा बैंकलाई हानी पुर्या उने गरी बढी मूल्यांकन गराउने निर्णय प्रक्रियामा अर्याल प्रत्यक्ष संलग्न रहेको देखिएको ब्युरोले जनाएको छ। 'जम्कोलाई गरिएको ऋण प्रवाहमा अर्यालको संलग्नता खुलेकाले अनुसन्धानका लागि पक्राउ गरेका हौं,' ब्युरो प्रमुख डिआइजी प्रकाश अर्यालले नागरिकसँग भने।

जम्कोलाई गरिएको ऋण प्रवाहको अनुसन्धान क्रममा ब्युरोले यसअघि नै ऋण लिने गौरी ढकाल र किशोर खनाललाई ऋण दिने प्रक्रियामा संलग्न बैंकका सञ्चालक मधुसूदन सिलवाललाई पक्राउ गरिसकेको छ। उनीहरूको बयान र ऋण स्विकृत गर्दाको प्रक्रिया अनुसन्धान गर्दा अर्याल तानिएका हुन्। 

जम्कोको नाममा राखिएको जग्गाको वास्तविक मूल्यांकन ६ करोड भए पनि बढाएर २५ करोड बनाई १३ करोड ऋण स्विकृत गरिएको खुलेपछि राष्ट्र बैंक कारबाहीमा उत्रिएको थियो। राष्ट्र बैंकको आग्रहमा ब्युरोले गौरी र खनाललाई पक्राउ गरी अनुसन्धान अगाडि बढाउ“दा सिलवालको संलग्नता देखिएको थियो। सिलवाल पक्राउपछि सो प्रकरणमा अर्याल पनि जोडिएका हुन्। 
ऋण प्रवाहमा संलग्न अन्यबारे समेत अनुसन्धान जारी रहेको डिआइजी अर्यालले बताए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस