काठमाडौं— चितुवाको छाला बिक्री गर्न हिँडेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। चितुवाको छाला सहित उनीहरुलाई सुर्खेतको वीरेन्द्रनगर-६ बाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो टोलीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा सुर्खेत जिल्ला बाबियाचौर-६ बरैचेका २३ वर्षीय युवराज गौतम, बिजौरा-६ का २२ वर्षे ओम शर्मा तथा तातोपानी-९ का २३ वर्षे प्रेमप्रसाद देवकोटा छन्।सिआइबीका अनुसार पक्राउ परेकाहरुलाई कारवाहीका लाजि जिल्ला वन कार्यालय सुर्खेतलाई जिम्मा लाइएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसुची १ अनुसार दुर्लभ वन्यजन्तुको सुचीमा रहेको चितुवाको छाला विक्री गर्न लिएर हिंडिरहेको अवस्थामा ब्युरोको टोलीले पक्राउ गरेको हो।
अर्को समाचार
चितुवाको छाला बिक्री गर्न हिँडेका ३ जना पक्राउ
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।
दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।
दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।
यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यो पनि पढौँ
ट्रेन्डिङ