फोक्सिङटार पुलको ढिलासुस्तीमा स्थानीय सरकारको ताकेता
०२ फागुन २०७७
•
५ मिनेट पाठ
फोक्सिङटार पुलको ढिलासुस्तीमा स्थानीय सरकारको ताकेता
सुनकोसीको फोक्सिङटारमा निर्माणाधिन आर्क डिजाईनको पुल । तस्बिर : नागरिक
निर्माण व्यवसायीले आगामी फागुन १० गतेभित्र खोटाङ र उदयपुर जोड्ने फोक्सिङटारस्थित सुनकोसी पुलको बिम र स्ल्याव ढलान गर्ने प्रतिवद्धता जनाएका छन्। खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने सुनकोसी पुल निर्माणको ठेक्का लिएका निर्माण व्यवसायी रामकुमार थापाले आगामी फागुन १० गतेभित्र पुलको बिम र स्ल्याव ढलान गर्ने प्रतिवद्धता जनाएका हुन्। खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राई र सडक बिभाग पुल योजना पूर्वी क्षेत्र सेक्टर नम्बर १ का डिई कैलास शाहको अगाडि निर्माण व्यवसायी थापाले बिम र स्ल्याव ढलानका लागि समय तोकेरै प्रतिवद्धता जनाएका हुन्।  




गौरी पार्वती वाईपी जेभीले जिम्मा लिएको ‘आर्क–ब्रिज’ निर्माणको काममा चरम ढिलासुस्ती भएको व्यापक जनगुनासो आएपछि गाउँपालिका अध्यक्ष राईले पुलसँग सम्बन्धित डिई शाह र निर्माण व्यवसायी थापालाई काठमाडौंमा माघ २६ गते एक ठाउँमा भेला गरेका थिए। गाउँपालिका अध्यक्ष राईकै कारण पुलसँग सम्बधित डिई र निर्माण व्यबसायीबिचमा झन्डै १० महिनापछि भेट हुन पुगेको बताइएको छ। छलफलमा निर्माण व्यवसायी थापाले फागुन १० गतेभित्र बिम र स्ल्याव ढलान गर्ने, वर्षायाम सुरु भएपछि बेलिब्रिज हटाइए पनि तुईन लगाएर पुल निर्माणको कामलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको अध्यक्ष राईले बताए।  

पुल निर्माणको कामलाई द्रुत गतिमा अघि बढाउने वातावरण बनाउनका लागि दवाव सिर्जना गर्ने प्रयास स्वरुप गत माघ २४ गते स्थलगत निरीक्षण गरेको गाउँपालिका अध्यक्ष राई ठेकेदार खोज्दै काठमाडौं पुगेका थिए। फागुन १० गतेभित्र पुलको बिम र स्ल्याव ढलान गर्ने प्रतिवद्धता पूरा हुनेमा भने आशंका गर्न थालिएको छ। दिक्तेलबाट दिप्रुङ चुईचुम्मा गाउँपालिका हुँदै उदयपुर पुग्ने गाईघाट–दिक्तेल सडक खण्डमा पर्ने तथा खोटाङलाई पूर्वी शहरसँग जोड्ने पुल निर्माणमा ढिलासुस्ती भएकाले चासो देखाउनु परेको गाउँपालिका अध्यक्ष राईले बताए।  

पुल निर्माणमा भइरहेको ढिलासुस्तीका विषयमा स्थानीय सरकार प्रमुखले चासो देखाएपछि माघ २७ गते सडक विभागमा समेत छलफल भए लगत्तै निर्माण व्यवसायी थापा बुधबार फोक्सिङटार पुगेका छन्। पुल निर्माणको काममा आगामी दिनमा पनि निरन्तर दबाब र निगरानी राख्ने गाउँपालिका अध्यक्ष राईले बताए। ‘खोटाङ पछि परेको होइन, पारिएको हो। निर्माण व्यवसायीले फागुन १० गतेभित्र बिम र स्ल्याव ढलान गर्ने, वर्षामा बेलिब्रिज निकालिँदा पनि तुईन लगाएर पुलको कामलाई निरन्तरता दिने प्रतिवतद्धा जनाउनु भएको छ,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘पुलको कामलाई तीव्र गतिमा सञ्चालन गर्ने सहमति अनुसार निर्माण व्यवसायी फोक्सिङटार पुगेको खबर छ। निरन्तर दबाब र निगरानी राख्ने छौँ। फेरि पनि भन्छु, हामी खोटाङ्गेको सुख र दुःखी खोस्ने अधिकार कसैलाई छैन।’  

कोभिड–१९ को महामारीका कारण काममा अवरोध पुगेको भन्दै जोगिएको निर्माण व्यवसायीले महामारी सामान्य बनिसक्दा समेत पुलको कामलाई सन्तोषजनक गति दिन सकेको छैन। फोक्सिङटारमा हरेक हिउँदमा बेलिब्रिज राख्ने गरिएको छ। तर वर्षायाममा बेलिब्रिज हटाइँदा नाकाबन्दी लाग्ने गरेको छ। पुल अभावमा निर्माण सामग्री भित्र्याउन कठिन हुँदा विकास निर्माणका ठूला योजना प्रभावित हुने गरेको छ। खोटाङलाई पूर्वी शहरसँग जोड्ने पुलको पहिलोपल्ट थप भएको म्याद पुस १३ गते नै सकिइसकेको छ। सार्वजनिक खरिद (नवौं संशोधन) नियमावली अन्तरगत सो पुलको पहिलोपल्ट म्याद थप भएको थियो। कोभिड–१९ को महामारीका कारण पुल निर्माणको काम ६ महिना थप हुने जनाइएको छ।  

करिब १९ करोड ६० लाखमा पूरा गर्नेगरी गौरी पार्वती वाईपी जेभीले जिम्मा लिएको पुल निर्माणको गति अत्यान्तै सुस्त छ। २०६९ साल चैत्र २३ गते ठेक्का लागे पनि २०७३ साल कार्तिकमा डिजाईन परिवर्तन गरेर काम थालिएको पुलको म्याद गत २०७५ साल चैत्रमै गुज्रिएको थियो। जिल्लाको पूर्वी नाकामा पर्ने पुल निर्माणको काममा चरम ढिलासुस्ती भएकामा जिल्लाबासी असन्तुष्ट छन्। मुग्लिनको आर्क पुलको शैलीमा निर्माण हुने पुलमा भएको ढिलासुस्तीका विषयमा सामाजिक सञ्जालदेखि जिल्लामा हुने विभिन्न सार्वजनिक कार्यक्रममा ठेकेदारको आलोचना हुने गरेको छ। पुल निर्माणमा चरम ढिलासुस्ती भएको भन्दै प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले गृहमन्त्री समक्ष २०७५ साल कात्तिक ५ गते ठेकेदार कम्पनी गौरी पार्वती वाईपी जेभीलाई कालोसूचीमा राखेर कारबाही गर्न माग गरेका थिए।  

सुरुमा २०७३ साल चैत्र २४ गतेसम्ममा पूरा गर्नेगरी फोक्सिङटारमा ‘ससपेन्सन ब्रिज’ निर्माणका लागि २०६९ साल चैत्र २३ गते ठेक्का लागेको थियो, तर त्यसको सट्टा ‘आर्क’ डिजाईनको पुल निर्माण गर्ने भन्दै २०७३ साल कात्तिकमा डिजाईन परिवर्तन गरिएको थियो। फोक्सिङटार खोटाङ र पूर्वी शहर जोड्ने प्रमुख नाका हो। फोक्सिङटारको भौगोलिक अप्ठ्यारोका कारण ‘ससपेन्सन ब्रिज’ निर्माणको काममा ढिलाई हुने भएकाले डिजाईन परिवर्तन गरेर ‘आर्क’ डिजाईनको पुल निर्माण सुरु गरिएको थियो। दोश्रो पटक डिजाईन स्वीकृत नहुञ्जेल निर्माण कम्पनीले पुलको काम गर्न सकेन। हाल ढिलासुस्तीको कारण त्यही डिजाईन परिवर्तन र डिजाईन स्वीकृतिमा भएको ढिलाईलाई देखाउने गरिएको छ। तर, पुलको नयाँ डिजाईन स्वीकृत भए यताको पुलको काममा ठेकेदारको चरम ढिलासुस्ती देखिएको स्थानीय बताउँछन्। बाढीका कारण पुलको काम हरेक वर्षा याममा ठप्प हुने गरेको छ ।  

ठेक्का लागेको लामो समय बित्दा समेत फोक्सिङटार पुल लगायतका भौतिक संरचनाको काम सन्तोषजनक नभएको भन्दै जिल्लाबासीले पटक–पटक बिरोध गर्दैआएका छन् । ढिलासुस्तीका विरुद्ध २०७२ साल माघ २४ गते सडक बिभागमा धर्ना दिएका जिल्लापासीले चैत्र २३ गते घेराउ गरेका थिए । सडक बिभाग घेराउकाक्रममा सांसद, नेता र जिल्लावासीमाथि प्रहरी हस्तक्षेप भएको थियो। २०७२ चैत्र २४ गते पुल र सडक चाँडो निर्माणको माग गर्दै कांग्रेस दिक्तेल नगर समितिले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिए र सदरमुकाम दिक्तेलमा बिरोध र्‍याली निकालेको थियो।
अर्को समाचार
स्थानीय जनप्रतिनिधिको सम्पत्ति विवरण बुझाउन आनाकानी
२९ साउन २०७९
•
३ मिनेट पाठ
स्थानीय जनप्रतिनिधिको सम्पत्ति विवरण बुझाउन आनाकानी
स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को दफा ११० मा भनिएको छ, ‘सदस्यले पद धारण गरेको र प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र आफ्नो र आफ्नो परिवारको सदस्यको नाममा रहेको चल अचल सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण प्रचलित कानुनले तोकेको ढा“चामा सम्बन्धित स्थानीय तहमा पेस गर्नु पर्नेछ।’




तर, बाँकेका पाँचवटा गाउँपालिकाका जनप्रतिनिधिहरूले उक्त सम्पत्ति विवरण नबुझाएको पाइएको छ। त्यसरी सम्पत्ति विवरण नबुझाउने जनप्रतिनिधिहरू डुडुवा, नरैनापुर, राप्तीसोनारी, बैजनाथ र जानकी गाउँपालिकाका छन्। तीमध्ये पनि डुडुवा र नरैनापुरका कोही पनि जनप्रतिनिधिले सम्पत्ति विवरण नबुझाएको ती गाउँपालिकाका प्रशासन शाखाका कर्मचारीहरूले जानकारी दिएका छन्।  

गत वैशाख ३० गते निर्वाचन सम्पन्न भई सपथ लिएको ६० दिन कटिसक्दा पनि जनप्रतिनिधहरूले सम्पत्ति विवरण बुझाउन आनाकानी गरेका हुन्। कतिपय जनप्रतिनिधिले सम्पत्ति विवरणको लागि फारम लगे पनि अझै नबुझाएका सम्बन्धित स्थानीय तहका कर्मचारीहरूले बताएका छन्।  

कतिपय गाउँपालिकाका कर्मचारीहरू नै सम्पत्ति विवरणसम्बन्धी ऐनको व्यवस्थाका सन्दर्भमा अनभिज्ञ रहेको पाइएको छ। बैजनाथ गाउँपालिकाको प्रशासन शाखामा कार्यरत अधिकृत एवम् गाउँपालिकाका सूचना अधिकारी तप्तराज आचार्यले जनप्रतिनिधिहरूले पदभार ग्रहण गरेको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने ऐनको व्यवस्थाबारे अनभिज्ञता प्रकट गर्दै आर्थिक वर्ष सकिएको ६० दिनभित्र विवरण बुझाए हुने जिकिर गरे। राप्तीसोनारी गाउँपालिकाकामा पनि प्रशासन शाखामा सम्पत्ति विवरणसम्बन्धी कामको जिम्मा लिएका अहेब लोकेन्द्र चन्दले पनि आचार्यकै जस्तो तर्क गरे। यसरी सम्बन्धित कर्मचारीहरू नै अनभिज्ञ हुँदा जनप्रतिनिधिहरूलाई समयमा सूचना नपुगेको पाइएको छ।

बैजनाथ गाउँपालिकाका उपाध्यक्ष निर्मला रोकायाले आफूहरूलाई यसबारेमा जानकारी नभएकाले विवरण बुझाउन छुटेको बताइन्। उनले भनिन्, ‘जानकारी भएको भए त बुझाइहाल्थ्यौँ। तर जानकारी नै भएन। म यसबारेमा बुझ्छु,’ उनले भनिन्। डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरीले गाउँपालिकामा निर्वाचित भइसकेपछि विभिन्न झन्झटहरू उत्पन्न भएकाले छुटेको बताए। उनले भने, ‘यसअघि त हामीले निरन्तर बुझाउँदै आएका थियौँ। यसपटक खै कसरी हो छुटेछ। गाउँपालिकामा निर्वाचन पछि नै विभिन्न झन्झटहरू भएकोले पनि छुटेको हुनसक्छ।’

जनप्रतिनिधिले बुझाएको विवरण स्थानीय तहले अभिलेख राखेर ३० दिनभित्र प्रदेश सरकारसमक्ष पठाउनुपर्ने प्रावधान छ। सम्पत्ति विवरणको संरक्षण तथा व्यवस्थापन प्रदेश सरकारले गर्ने र विशेष प्रयोजनबाहेक गोप्य राखिने व्यवस्था छ। विशेष प्रयोजनका रूपमा छानबिन वा अनुसन्धान प्रयोजनका लागि उक्त विवरण प्रयोग गर्न पाउँछन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका नेपालगन्जका प्रमुख विजयराज पौडेलका अनुसार गैरकानुनी आर्जनबारे अनुसन्धानको एउटा मुख्य उपकरण प्रतिनिधिले बुझाएको सम्पत्ति विवरण हुन्छ। यसका साथै जनप्रतिनिधिलाई अकूत सम्पत्ति जम्मा गर्ने र भ्रष्टाचार गर्न निरुत्साहित गर्ने उद्देश्यले पनि उक्त प्रावधान राखिएको हो।

उनका अनुसार सम्पत्ति विवरण नबुझाउनेलाई पाँच हजार जरिवानाको व्यवस्था पनि छ। उनले भने, ‘सम्पत्ति विवरण बुझाउनु भनेको तपाईंको भ्रष्टाचारविरुद्धको प्रतिबद्धता पनि हो। बुझाउनुभएको छैन भने दण्डको पनि व्यवस्था छ।’ स्थानीय तहको चुनाव वैशाख ३० गते भएको थियो।
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ४१ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ४७ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस