काठमाडौं- पशुपति क्षेत्र विकास कोषमा रिक्त सदस्यसचिव र कोषाध्यक्ष पदमा पशुपति क्षेत्र विकास कोष ऐन २०४४ अनुरुप कोषका अध्यक्षको हैसियतमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीले गोविन्दबहादुर टण्डनलाई सदस्यसचिव (काठमाडौँ) र नारायण सुवेदी (कास्की)लाई कोषाध्यक्ष पदमा नियुक्त गरेका छन्।नियुक्त भएका पदाधिकारीको पदावधि चार वर्षको हुनेछ। पशुपति क्षेत्रको सांस्कृतिक अध्ययन विषयमा विद्यावारिधि गर्नुभएका डा टण्डन यसअघि उक्त कोषमा विसं २०४४ देखि २०४९ सम्म कोषाध्यक्ष र विसं २०४९ देखि २०५० सम्म सदस्यसचिव पदमा मनोनीत भइ कार्य गरिसकेका छन्। यसैगरी कोषाध्यक्ष पदमा नियुक्त सुवेदी ३० वर्षभन्दा बढी निजामती सेवामा कार्यरत रही सेवानिवृत्त भएका हुन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नवनियुक्त पदाधिकारीबाट आराध्यदेव श्री पशुपतिनाथ क्षेत्रको गरिमा र महत्व कायम राख्दै बृहत्तर विकासमा महत्वपूर्ण योगदानको अपेक्षा गरेको मन्त्रालयले जनाएको छ।