सल्यान- आफ्नै सुत्ने कोठामा बेहोस अवस्थामा भेटिएकी दुई युवतीमध्ये एकको मृत्यु भएको छ भने अर्कीको अवस्था गम्भीर छ। एसएलसी पूरक परीक्षाको तयारीका लागि खलङ्गा–१ काफलाका केवल योगीको घरमा बस्दै आएकी त्रिवेणी–२ की १७ वर्षीया इन्द्रा बोहराको मृत्यु भएको हो। उनीसँगै बस्दै आएकी फलाबाङ–८ बडाखोलाकी १८ वर्षीया डिला रावतको अवस्था गम्भीर छ। उनी अझै अचेत अवस्थामा छिन्।जिल्ला अस्पताल सल्यानमा उनको उपचार भइरहेको छ। बेलुकी खाना पकाइ खाएको भुसेचुलो ननिभाएर झ्याल ढोका लगाई सुतेका दुवैजना कोठामै धुवाँले निसास्सिँदा बेहोस भएका थिए।
सोमबार खानाखाई सुतेका उनीहरु बिहान अबेरसम्म नउठेपछि हेर्न जाँदा बेहोस अवस्थामा भेटिएको र दुवैलाई उपचारका लागि मोडल अस्पताल श्रीनगरमा लगिएको घरबेटी केवल योगीले बताए। इन्द्रा बोहराको उपचारका क्रममा मोडल अस्पतालमा मृत्यु भएको हो।
धुवाँमा भएको कार्बनडाइअक्साइडका कारण अक्सिजनको मात्रा न्यून बन्दै गएपछि सुतेका उनीहरु केही थाहा नपाई बेहोस भएको हुन सक्ने जिल्ला अस्पताल सल्यानका प्रमुख डा रामराज पन्थीले बताए।
प्रहरी नायब उपरीक्षक लालमणि आचार्यले बिहानसम्म उनीहरु सुतेको कोठामा धुवाँको गन्ध आइरहेको बताए। एउटै कोठामा चार जना बस्दै आए पनि साँघुरो भएका कारण दुई जना घरबेटीकै अर्को कोठामा सुत्न गएकाले बाँचेका छन्। धुवाँले निसास्सिएर मृत्यु भए पनि ओढेको सिरकमा र्याेल लागेकाले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।