बारा- आफूहरुको मागप्रति बेवास्ता गरेको भन्दै आन्दोलित पिसिएफ शिक्षकहरुले जिल्ला कार्यालय बारामा आगजनी गरेका छन्। जिल्ला शिक्षा अधिकारी अरुण कोइरालालाई कार्यालयमा पर्खेर बसेका शिक्षकहरुले कोइराला कार्यालय समयसम्म पनि नआएपछि जिशिअको कार्यकक्षमा आगजनी गरेका हुन्।बाराका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद पोखरेलले आगजनीको खबर पाउनेबित्तिकै बारुणयन्त्र पठाएको जानकारी दिए। आगजनीबाट कार्यालयको कागजपत्र र फर्निचरमा क्षति पुगेको छ। क्षतिको पूर्ण विवरण आउन बाँकी छ।
पाँच सयको सङ्ख्यामा रहेका बाराका पिसिएफ शिक्षकहरुले दुई सातासम्म रिले अनसनमा बसे पनि बेवास्ता गरेको भन्दै तेस्रो चरणको आन्दोलन सुरु गरेका थिए। पिसिएफ शिक्षक सङ्घर्ष समितिका अध्यक्ष कपिलदेवप्रसाद यादवले आफूहरुको श्रम शोषण भएकोबारे कसैले वास्ता नगरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए।