काठमाडौं - नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले तिब्बतबाट कन्टेनरमा लुकाएर ल्याइँदै गरेको ३५ किलो सुनसहित गाडी चालक पक्राउ गरेको छ। सुनको मुख्य तस्करलाई भने प्रहरीले पक्रन सकेको छैन।
आज बिहान ५:३० बजे कोटेश्वरमा बा ३ ख २५७० नम्बरको कन्टेनरबाट सुन जफत गरेको हो। चालक निमा छिरिङ तामाङ पक्राउ परेका छन्।
जफत गरिएको सुनको बजार मूल्य १७ करोड ५० लाख रुपियाँभन्दा माथि पर्छ। केन्द्रीय अनुसन्धान व्युरोले पत्रकार सम्मेलन गरी घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ। डिआइजी प्रकाश अर्यालका अनुसर तिब्बतबाट नेपाल हुँदै भारततिर तस्कर हुने क्रममा सुन समातिएको हो। उनले तस्कर खोज्न प्रहरी परिचालन सक्रियता बढाएपछि सुन समातिएको बताए।
चालकसँग १६ हजार ७ सय रुपियाँ र १ सय डलरसमेत वरामद गरिएको छ।