सर्लाही- महोत्तरीको इलाका प्रशासन कार्यालय गौशालाबाट भारतीय ज्वाइँलाई नागरिकता बनाउन आएका ससुरालाई प्रहरीले पक्राउ गरेको छ। किर्ते कागजात पेस गरी नागरिकता बनाउन खोज्ने भारतीय ज्वाइँसहित ससुरालाई बिहीर प्रहरीले नियन्त्रणमा लिएको हो।
पर्सा देवाड–२ का तेतर खत्वेले भारत सितामढी कन्हमा घर भएका ज्वाइँ फेकन खत्वेलाई गाविसको सिफारिस लिएर नागरिकता बनाउन खोज्दा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक दिपक गिरीले बताए। पक्राउ परेका ससुरा र ज्वाइँलाई इलाका प्रहरी कार्यालय गौशालामा राखेर थप अनुसनधान भइरहेको उनले बताए।
जेठ २३ गते एकिकृत घुम्ती शिवरमा जन्म मिति २०४३ देखाएर जन्म दर्ता बनाएका फेकन खत्वेले गाविसबाट सचिवको अनुसूची १ फारम सिफारि, जन्म दर्ता र ससुराको नागरिकता बाबु हो भन्दै नागरिकताको लागि पेस गरेको इलाका प्रशासन कार्यालय गौशालाका सुब्बा प्रेम खवासले बताए।
गविस सचिव कुलानन्द झाको हस्ताक्षर सहितको सिफारिस लिएर बिहीबार कार्यलय आएका दुबै जनासँग सोधपुछ गर्दा फरक-फरक जवाफ आएपछि गहिरिएर अनुसन्धान गर्दा ससुराले भारतीय ज्वाइलाई छोरा बनाएर नागरिकता बनाउन खोजेको रहस्या खुलेको सुब्बा खवासले बताए। पछि दुवै जनाले किर्ते नागरिकता बनाउन खोजेको स्वीकार गरेपछि प्रहरीलाई खबर गरिएको उनले बताए।
दुबै जनालाई नागरिकता ऐनअनुसार २ वर्ष देखि ५ वर्षसम्म कैद वा २० हजारदेखि ५ लाखसम्म जरिवाना हुन सकने खवासले बताए। अदालतले अनुसनधानका अधारमा उनीहरुलाई जरिवाना र सजाए दुवै वा कुनै एक पनि गर्न सक्ने बताए।
आर्थिक अवस्था कमजोर रहेका खत्वे परिवारले नेपाली नागरिकता बनाएर तत्कालै नेपाली राहदनी लिएर वैदेशिक रोजगारमा जाने सोचका साथ नागरिकता बनाउन आएका थिए।