काठमाडौं- एसियाली विकास बैंक (एडिबी)ले नेपाललाई सीप विकास परियोजना सञ्चालनका लागि रु एक अर्ब ९२ करोड ४० लाख अनुदान सहयोग गर्ने भएको छ। शिक्षा मन्त्रालयअन्तर्गतको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्(सिटिइभिटी) द्वारा सञ्चालन गरिने उक्त पाँच वर्षे परियोजना मातहत स्नातक र माध्यमिक तहमा व्यावसायिक तथा प्राविधिक शिक्षा प्रदान गर्ने कार्यक्रम रहेको छ।यससम्बन्धी सम्झौतापत्रमा अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदी र एडिबीका आवासीय प्रतिनिधि केनिची योकोयामाले हस्ताक्षर गर्नुभएको थियो। सन् २०१३ को सेप्टेम्बरदेखि २०१८ जुलाईसम्मको अवधि रहेको यो परियोजनाबाट नेपाली जनशक्तिलाई रोजगारको अवसर वृद्धि हुने बताइएको छ।
सो अवसरमा एडिबीका आवासीय प्रतिनिधि केनिचीले नेपालको मानव संसाधन विकासमा परियोजनाबाट ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्दै यस परियोजनाबाट ५० हजार दक्ष जनशक्ति उत्पादन गर्न सकिने बताए। अर्थ सचिव सुवेदीले रोजगारी सिर्जना, समावेसी विकास र गरिबी निवारणको कार्यमा परियोजना महत्वपूर्ण रहेको बताउँदै एडिबीले नेपालको सामाजिक र आर्थिक विकासमा पुर्यावएको सहयोगप्रति आभार व्यक्त गरे।