चितवनस्थित मध्यक्षेत्र प्रहरी तालिम केन्द्र भरतपुरबाट आज १४० प्रहरी सहायक निरीक्षक दीक्षित भएका छन्। गत वर्षको साउनदेखि तालिम थालेका १४३ सहभागीमध्ये एक १४० जना दीक्षित भएका हुन्।
प्रहरी सहायक निरीक्षकमा छनोट भएर बिरामी भई दुईजना र प्रहरी अनुशासन विपरीत काम गरेका एकजना गरी तीन जनाको तालिम भने रद्द भएको केन्द्रका सहसमादेशक आभुषण तिमल्सिनाले बताए। दीक्षित भएकाहरूलाई उनीहरूका अभिभावकहरूले दर्ज्यानी चिह्न लगाइदिएका थिए। दीक्षान्त समारोहमा खेलकुद तथा तालिममा उत्कृष्ट सहभागीहरूलाई पुरस्कृत गरिएको थियो।