काठमाडौं- निजामती सेवाका विभिन्न कर्मचारी सङ्घ सङ्गठनले तलब वृद्धिको माग गर्दै अर्थमन्त्रालयमा धर्ना दिएका छन्। वार्षिक मूल्यवृद्धि र तीन वर्षयता कर्मचारीको तलब नबढेकाले आगामी आर्थिक वर्षको बजेटमा तलब समायोजन गर्नुपर्ने उनीहरूको माग छ।यही असार १७ गते अर्थमन्त्रीसमक्ष प्रस्तुत सातबुँदे माग कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै कर्मचारी सङ्घ सङ्गठनले “रित्तो हात र भोको पेट” ले प्रभावकारी सेवा प्रवाह नहुने बताए। धर्नामा बसेका नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी मञ्च, राष्ट्रसेवक कर्मचारी सङ्गठन, राष्ट्रिय कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी सङ्घ र राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्रका पदाधिकारीहरूले न्यूनतम रु १० हजार तलब वृद्धिको माग गरेका छन्।
उनीहरूले रु १० लाख बराबरको दुर्घटना बीमा, एक दिनको तलब बराबरको ग्रेड व्यवस्था, एकसय ८० दिनभन्दा बढी सञ्चित बिदाको रकम भुक्तानी र पोसाक भत्ता रु १५ हजार पुर्या उनुपर्ने लगायत माग गरेका छन्। अस्थायी, ज्यालादारी एवम् करार सेवाका सबै कर्मचारीलाई पोसाक भत्ता समान हुनुपर्ने पनि उनीहरूको माग छ।