बुटवल- भारतको बोधगयामा भएको शृङ्खलाबद्ध विस्फोटपछि नेपालमा पनि बौद्ध क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। यसअघि लुम्बिनीको सुरक्षामा सशस्त्र प्रहरी मात्र खटिँदै आएकोमा बोधगयाको घटनापछि लुम्बिनीलगायतका स्थानमा सुरक्षा सतर्कता बढाइएको जिल्ला प्रहरी कार्यालय भैरहवाले जनाएको छ। बौद्ध धर्मावलम्बिहरुको आस्था र विश्वासको केन्द्र लुम्बिनीलगायतका क्षेत्रमा विशेष सुरक्षा टोली खटाइएको रुपन्देहीका प्रहरी उपरीक्षक हरिबहादुर पालले बताए।उनका अनुसार लुम्बिनीको विशेष सुरक्षाका लागि प्रहरी निरीक्षकको नेतृत्वमा ३० जना सुरक्षाकर्मीको टोली खटाइएको छ। कतिपय स्थानमा सादा पोसाकका प्रहरी पनि खटाइएको र सीमा क्षेत्रमा पनि सतर्कता बढाइएको छ। यस क्षेत्रका बुद्धसँग सम्बन्धित कपिलबस्तु, रामग्रामलगायतका स्थानलाई उच्च सुरक्षा निगरानीमा राखिएको लुम्बिनी विकास कोषले जनाएको छ।
लुम्बिनीमा आउने सबै पर्यटकलाई चेकजाँच गरेरमात्र प्रवेशको व्यवस्था मिलाइएको कोषले जनाएको छ। सम्भावित सुरक्षा चुनौतीलाई ध्यान दिँदै आन्तरिक सुरक्षा प्रणालीलाई पनि मजबुत पारिएको कोषका कोषाध्यक्ष ओमप्रकास अर्यालले जानकारी दिए। केही दिनअघि बसेको कोषको आकस्मिक बैठकले तत्कालीन र दीर्घकालीन गरी दुई प्रकारको सुरक्षा व्यवस्था मिलाउने निर्णय गरेको छ।