लहान- सिरहाको बस्तीपुर गाविसका शुक्रामपुर, पक्कीटोल र सरस्वतीका बासिन्दाले मध्य वर्षामा पनि पिउने पानीको अभाव झेलिरहेका छन्। गाउँका प्रायः इनार, कल सुकेपछि स्थानीय ३५० भन्दा बढी घरधुरीका जनता दुई किलोमिटर दक्षिणतिर पर्ने डण्डा टोलबाट पानी ओसार्न बाध्य भएका छन्। 'छिमेकीले पैँचो माग्दा चामल दिन्छन् तर घरको काम धन्दा छोडेर ल्याएको पानी कसैले पनि दिन मान्दैनन्' स्थानीय विजय यादवले गाउँलेले भोग्दै आएको समस्या सुनाए।डण्डा टोलका डम्बर यादवको निजी कलबाट पानी लगेबापत मर्मत सम्भारका लागि गाउँलेकै सल्लाहमा हरेक घरधुरीले मासिक रुपमा रु १०० दिन थालेको यादवले बताए। हिउँद लागेदेखि दैनिक बिहान ५ बजेदेखि नै एक घन्टाको बाटो हिँडेर पानी ओसार्नुपर्ने दिनचर्याजस्तै बनेको सरस्वतीबाट पानी लिन आएका मानवीर यादवले सुनाए।
यादवकै छिमेकी विकास न्यौपानेले कुखुरा फार्म र छ जनाको परिवारका लागि एक जना त दिनभरि नै पानी ओसार्न खटिनुपर्ने बताए। गाउँलेहरुले पानीको समस्या झेल्नु परेपछि जिल्ला विकास समिति सिरहाले दिएको ३५ हजार अनुदान रकमबाट वडा नं. ३, इँटाभट्टामा मोटर जडान गरिए पनि विद्युत् भार कटौतीले भनेको बेलामा पानी नपाइने भएपछि गाउँलेहरु छिमेकी गाउँबाट पानी ओसार्न बाध्य भएका हुन्।