काठमाडौं– शिक्षण संस्था तथा भविष्यका विषयमा विद्यार्थीका जिज्ञासा समाधान गर्दै तीन दिने 'नागरिक एडु फेयर' (नागरिक शैक्षिक मेला) सकिएको छ।
पढाइसँगै जीवनका लक्ष्य र रोजेको क्षेत्रका विषयमा जानकारी दिन बिहीबारबाट सुरु भएको फेयर शनिबार साँझ सकिएको हो। मेलामा पढाइ र करियरका जिज्ञासा बोकेका हजारौं विद्यार्थी सहभागी भएका थिए। प्लस टु र ब्याचलर तह अध्ययन गरिरहेका र परीक्षा सकेर बसेका विद्यार्थीलाई शिक्षण संस्था तथा भविष्यका विषयमा जानकारी दिन दि ब्रिटिस कलेजको सहकार्यमा नेपाल रिपब्लिक मिडियाले फेयर आयोजना गरेको थियो।
मेलामा आएका विद्यार्थी तथा अभिभावकले स्वदेशी तथा विदेशी शिक्षा प्रणाली, छात्रवृत्तिलगायत विषयमा बढी चासो दिएका थिए। धेरैजसो विद्यार्थीको रोजाइ इन्जिनियरिङमा रहेको र त्यसपछि व्यवस्थापन, नर्सिङ र फार्मेसी विषयमा रहेको आयोजकले जानकारी दिए।
शैक्षिक मेलामा पहिलोपटक सहभागी भएको नयाँ आयाम मल्टिडिसिपलिनरी इन्स्टिच्युट (नामी) का प्रमुख कार्यकारी योगराज कँडेल शर्माले विद्यार्थीको सहभागिता र जिज्ञासाले हौसला बढाएको बताए। 'विद्यार्थीमा शिक्षा र भविष्यबारे धेरै गुनासा छन्,' उनले भने, 'ती जिज्ञासालाई समाधान गर्न मेला प्रभावकारी भयो।'
भारतको बैंगलोरस्थित मसुद एजुकेसनल एन्ड च्यारिटेबल ट्रस्टका अध्यक्ष डा. रिचर्ड जेम्सले मेला आएका विद्यार्थी अन्योलमा रहेको बताए। जेम्सले भने, 'धेरै विद्यार्थी कहाँ, के पढ्ने भन्ने दोधारमा रहेको भेटियो। त्यस्ता विद्यार्थीलाई रुचीका आधारमा विषय र कलेज छनोट गर्न सुझाव दिएको छु।' उनले अन्योलमा रहेका विद्यार्थीलाई सही परामर्श प्रदान गर्ने अवसर पाएकोमा खुसी व्यक्त गरे।
मेलाका अवसरमा दिइएको छुटको उपयोग गर्दै केही विद्यार्थीले स्टलमै भर्नासमेत गरेको केही कलेजले जनाएका छन्। भारतको बैंगलोरस्थित कर्नाटक ग्रुप अफ इन्स्टिच्युसनका निर्देशक जीतेन्द्र शाहले मेलामा आएका विद्यार्थीले खोजेको जस्तै शिक्षण संस्था पाएको भन्दै चारजनाले भर्ना गरेको जानकारी दिए। 'धेरै विद्यार्थीले कलेजका बारेमा जानकारी लिए,' उनले भने, 'चार जनाले त यहीं भर्नासमेत गरे।'
मेलाकै समयमा तीनजना विद्यार्थी भर्ना गरेको बैंगलोरकै आरआर इन्स्टिच्युटका टिएम गोड्वाले बताए। उनका अनुसार उक्त कलेजमा अहिले ६ सयभन्दा बढी नेपाली विद्यार्थी छन्। 'नेपाली विद्यार्थी धेरै मिहिनेती छन्,' उनले भने, 'हाम्रोमा त सधैंजसो नेपाली विद्यार्थीले टप गरिरहेका छन्।'
बैंगलोरकै आचार्य इन्स्टिच्युट अफ हेल्थ साइन्सका अजय कुमारले नेपाली विद्यार्थी धेरै चलाख रहेको बताए। 'मेलामा आएका विद्यार्थी धेरै चलाख रहेछन्,' उनले भने, 'आफूले पढ्न लागेको विषय र स्थानका बारेमा इन्टरनेटलगायत क्षेत्रमा धेरै अध्ययन गरेर आएका रहेछन्।' उनका अनुसार मेलामा आएका विद्यार्थीले पढाइका अलावा सुरक्षा, खाना तथा संस्कृतिका बारेमा समेत जानकारी लिएका छन्।
तीन दिने मेलामा सहभागी विभिन्न शिक्षण संस्थाले दक्ष र उत्कृष्ट विद्यार्थीका लागि लक्ष्यित गर्दै छात्रवृत्ति र छुटको व्यवस्था गरेका थिए। मेलामा नाम दर्ता गराएका विद्यार्थीले नेपाल, भारत तथा अन्य देशका शिक्षण संस्थामा अध्ययन गर्दा २५ देखि सतप्रतिसतसम्म छात्रवृत्ति र केही विषयमा छुट पाउने छन्।
एरे इन्टरनेसनलसँगको समन्वयमा भएको फेयरमा नेपाल तथा विदेशका राम्रा र नाम चलेका ठूला शिक्षण संस्थाको सहभागिता थियो। मेलामा एक ५३ वटा स्टल र ११ प्याभिलियन थिए। स्वदेशीभन्दा विदेशी विश्वविद्यालय, कलेज, शिक्षण संस्था तथा परामर्श केन्द्रको सहभागिता बढी रहेको मेलामा स्वदेशी तथा विदेशी तालिम केन्द्र र व्यापारिक प्रतिष्ठानको पनि सहभागिता थियो।
मेलामा विदेशी तथा स्वदेशी शिक्षण संस्थाका पाठ्यक्रम, छात्रवृत्ति तथा शिक्षा प्रणालीका बारेमा जानकारी प्रदान गर्नुका साथै विद्यार्थीको अनुभव साटासाट, करियर लक्ष्यित वर्कसप सञ्चालन भएका थिए।
यसैबीच, मेलामा भ्रमणका लागि पुगेका विद्यार्थी तथा अभिभावकमध्ये १० जनाले 'माइक्रोम्याक्स क्यानभास २' मोबाइल पाएका छन्। मेला अवलोकनकर्र्तामध्ये गोलाप्रथाबाट १० जनालाई मोबाइल प्रदान गरिएको आयोजकले जनाएको छ।