खोटाङ — उपचारका क्रममा अस्पतालमा मृत्यु भएका खोटाङका एक थुनुवाको शव चार दिनपछि आफन्तले बुझेका छन्। स्वास्थ्य मन्त्रालयबाट आएका डाक्टर युवराज पोखरेलले राष्ट्रिय मानव अधिकार आयोगका जीवन न्यौपाने र सरोकारवालाहरूको रोहबरमा शनिबार शव परीक्षण गरेपछि पाथेका–२ का १८ वर्षीय भूदेऊ राई भन्ने किरणका आफन्तले शव बुझेका हुन्।थुनामा राखिएका राईको प्रहरी यातनाका कारण मृत्यु भएको भन्दै आफन्तजनले शव नबुझ्ने अडान लिएपछि काठमाडौँबाट स्वास्थ्यकर्मी र मावन अधिकारकर्मी झिकाइएको थियो।
हत्याको आरोपमा गत जेठ–२८ गते पक्राउ परेर पुर्पक्षका लागि थुनामा राखिएका राईको दिक्तेलस्थित जिल्ला अस्पतालमा बुधबार बिहान ११ बजे मृत्यु भएको थियो ।
आफन्तले प्रहरीको चरम यातनाले उनको मृत्यु भएको दाबी गर्दै उच्चस्तरीय छानबिन समिति गठन, दोषीमाथि कारबाही र क्षतिपूर्तिको मागसहित राष्ट्रिय मानव अधिकार आयोग र जिल्ला प्रशासन कार्यालमा उजुरी दिएका थिए।
जिल्लास्थित प्रहरी, प्रशासन र चिकित्सकले राईको मृत्युको कारण निमोनिया भएको बताएपछि आफन्त आक्रोशित बनेका थिए। आफन्तले चिकित्सकसँग समेत अविश्वास भएको भन्दै अन्यत्रबाट चिकित्सक झिकाएर शव परीक्षण गराउनुपर्ने माग राखेका थिए।
राई बास्पानी–९ का अकिल राईसँग असार–२१ गते बिहान जिल्ला प्रहरी कार्यालय खोटाङको हिरासतबाट भागेका थिए। उनलाई भागेको दुई घन्टापछि जिल्लाको दक्षिणी गाविस बुइपास्थित कट्टीको जङ्गलबाट पक्राउ गरिएको थियो। सँगै फरार अकिललाई भने अझै फेला पार्न नसकिएको प्रहरीले जनाएको छ।
गत जेठ २० गते साकेला सिली प्रदर्शनीमा खार्मी–६ का ध्रुव श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा जेठ–२८ गते राई पक्राउ परेका थिए। असार–२३ गते अदालतले पुर्पक्षका लागि राईलाई थुनामा राख्ने आदेश दिएको थियो।